१९ जेष्ठ २०८२, आईतवार
१९ जेष्ठ २०८२, आईतवार
नेकपा बहुमत पार्टिका कार्यकर्ताले मिटर ब्याजीको नाक काटिदिए
नेकपा बहुमत पार्टिका कार्यकर्ताले मिटर ब्याजीको नाक काटिदिए
  • न्युज डेस्क

७ मंसीर दाङ । नेपाल कम्युनिष्ट पार्टी बहुमतका कार्यकर्ताहरूले मिटर व्याज लिएर सर्वसाधारण लाई ठगेको आरोपमा दाङमा श्रीमान श्रीमतीको नाक काटिदिएका छन । घोराही उपमहानगरपालिका वडा नं १५ का धर्मबहादुर बस्नेत र उहाँकी श्रीमती माधवा बस्नेतको नाकमा आक्रमण गरिएको बताइएको छ ।५्७ जनाको समूहमा आएका उनीहरूले घोराही उमनपा –१५ बीपी चोक नजिकै समातेर दुबै जनाको नाकको माथिल्लो भागमा छुराले काटेर भागेको पीडितले बताएका छन् ।

नाकको माथिल्लो भाग काटिएर घाइते भएका बस्नेत दम्पतीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख अर्जुनकुमार तिमिल्सिनाले बताउनुभयो । घटनामा संलग्न रहेको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी प्रमुख तिमिल्सिनाले जानकारी दिनुभयो ।उता नेकपा बहुमत दाङका सेक्रेटरी अमरले मिटरब्याज लिएर सर्वसाधारणको उठिवास लगाएको आरोप लगाउँदै बस्नेत दम्पती माथि पार्टीले कारबाही गरेको विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।

  • ७ मंसिर २०८१, शुक्रबार प्रकाशित
  • Nabintech