१८ बैशाख २०८१, मंगलवार
१८ बैशाख २०८१, मंगलवार
जाजरकाेटमा यू-१९ भलिबल प्रतियाेगिता हुने, विजेताले ५० हजार पाउने
जाजरकाेटमा यू-१९ भलिबल प्रतियाेगिता हुने, विजेताले ५० हजार पाउने
  • paschimpatra

जाजरकोट । जाजरकोटमा यू-१९ भलिबल कप सञ्चालन हुने भएको छ । आगामी चैत्र २४ गतेदेखि सदरमुकाम खलंगामा सहिद स्मृति यूवा क्लवको आयोजनामा कप सञ्चालन हुने भएको हो ।

सहिद स्मृति यूवा क्लवले प्रथम सहिद विदुर स्मृति यू-१९ भलिवल कप सञ्चालन गर्न लागेको आयोजक क्लवका अध्यक्ष प्रेमबहादुर विकले बताए । शनिवार खलंगामा पत्रकार सम्मेलनको आयोजना गरी कप सञ्चालन बारे जानकारी गराईएको छ । जिल्लाको खेल क्षेत्रमा टेवा पुर्याउने हेतुले कपको आयोजना गरिएको विकको भनाई छ ।

कप सञ्चालनका लागि धेरै तयारी पुरा भएको सञ्चालन समितिका संयोजक विवश विक्रम शाहले बताए । कपमा प्रथम, द्धितीय र तृतीय हुनेलाइ क्रमस ५० हजार, ३५ हजार, २५ हजार कप, मेडल र प्रमाण-पत्र दिइने छ ।

  • १८ चैत्र २०८०, आईतवार प्रकाशित
  • Nabintech