१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
ढुङ्गा लागेर जाजरकोटमा एक जनाको मृत्यु
ढुङ्गा लागेर जाजरकोटमा एक जनाको मृत्यु
  • paschimpatra

जाजरकोट । जाजरकोटमा भिर माथीबाट आएको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ ।

नलगाड नगरपालिका ५ को नलगाड हाइड्रोपावरको पहुँचमार्ग अन्तरगत गेरेनी भिरमा माथीबाट आएको ढुङ्गा लागेर पश्चिम रुकुम आठ्विसकोट नगरपालिका ११ चौर घर भएका बर्ष ३२ का अशोक खड्काको मृत्यु भएको हो ।

खारा बाट कालीमाटी बाइकमा सवार उनको गेरेनी भिर नजिकै माथीबाट ढुङ्गा खसेको थियो उनको उपचारका क्रममा स्वास्थ्य चौकी दल्लीमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

  • २९ माघ २०७९, आईतवार प्रकाशित
  • Nabintech