१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
कर्णालीमा लामो प्रतीक्षापछि हिमपात र वर्षा
कर्णालीमा लामो प्रतीक्षापछि हिमपात र वर्षा
  • paschimpatra

जाजरकाेट । कर्णाली प्रदेशका हिमाली जिल्लामा लामो प्रतीक्षापछि हिमपातसँगै बर्सात भइरहेको छ । मंगलबार बिहान करिब ४ बजेदेखि जुम्लामा हिउँ पर्न थालेको हो । लेकाली भेगमा बाक्लो हिउँ जमे पनि बेसीमा थोरै मात्र हिउँ परेको छ।

त्यस्तै कर्णालीका हिमाली जिल्ला जुम्लासहित मुगु हुम्ला र डोल्पामासमेत हिमपातसँगै बर्सात भइरहेको छ भने कालिकोट,सुर्खेत दैलेख र जाजरकाेटमा वर्षा भइरहेको छ ।

हिमपात र बर्षासँगै बढेको चिसोले कर्णालीको जनजीवन भने प्रभावित भएको छ । महिला बालबालिका,दिर्घरोगी,सडक मानव चिसाले प्रभावित भएका हुन् । चिसोले भाइरल ज्वरो आउन सक्ने भएकोले अत्यावश्यक काम बाहेक बाहिर नआउन र झोलिला पर्दाथ खान चिकित्सकको सुझाव छ ।

हिमपातले कर्णालीका हिमाली जिल्लाको हवाई तथा सडक यातायात पनि ठप्प भएको छ । जुम्ला नेपालगन्जको उडान,सँगै मुगु,हुम्ला,र डोल्पाको हवाई उडान ठप्प भएको हो । सडक यातायात कर्णाली राजमार्ग,नाग्म-गमगढी सडकको यात्रा पनि रोकिएको छ ।

  • १० माघ २०७९, मंगलवार प्रकाशित
  • Nabintech