८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
शिवालयमा विपन्न परिवारलाई सोलार सेट वितरण
शिवालयमा विपन्न परिवारलाई सोलार सेट वितरण
  • न्युज डेस्क

जाजरकोट । जाजरकोटकोे शिवालय गाउँपालिकामा ६० विपन्न घरधुरीलाइ सहयोगी हातहरुको समुह (सहास) नेपालले सोलार सेटहरु वितरण गरेको छ ।

शिवालय गाउँपालिकाको समन्वय र सहास नेपालको सहयोगमा शिवालय गाउँपालिका वडा न ३ ऐरेनीस्थित सहासकै कार्यालयमा औपचारीक कार्यक्रम गरी सोलारहरु वितरण गरीएको हो ।

सहास नेपालले गाउँपालिकको केन्द्र रहेको ऐरेनीमा विशेष कार्यक्रम गरी विपन्न नागरीकलाई सोलार सेट हस्तान्तरण गरेको छ । सोलार हस्तान्तरण गर्दै सहास नेपालका सस्थाका कार्यालय प्रमुख हरीप्रसाद अधिकारीले अध्यारोमा बसेका गाउँलेहरुलाई उज्यालोको अनुभुति गराउन पाउदा खुसि लागेको बताए । गाउँलेहरुलाई सोलार लिएर राम्रोसँग प्रयोग गर्न पनि उनले सुझाव दिए । उनले भने, “बत्ति नहुदाँ सल्लाको द्यालो बालेर बालबालिका पठनपाठन गर्न बाध्य छन् सोलार बत्तिले उनीहरुको पठनपाठनमा सहजिकरण गर्छ र तपाईहरुलाई पनि उज्यालो दिन्छ ।”

शिवालय गाउँपालिका अध्ययक्ष शेर बहादुर शाहीले सहास नेपालले गाउँपालिकामा निकै राम्रो काम गरेको बताए । उनले सहास नेपालको जति प्रशंसा गरेपनि अपुरो हुने भन्दै स्थानीयबासीको भावनालाई कदर गर्ने र समस्यालाई समाधान गर्ने संस्था गाउँपालिकामा भित्रयाएको समेत दावि गरे । उनले भने, “पालिकास्तरबाट सकेको सहयोग गर्न तयार छौँ ।”

उक्त कार्यक्रममा आफनो भनाई राख्दै अध्ययक्ष शाहीले एक वर्ष भित्रमा शिवालय गाउँपालिकालाई विद्युतिकरण गरीसक्ने प्रतिबद्धता व्यक्त गरे । उनले विजुलि बत्ति पुगेपनि विभिन्न समस्या हुने भएकोले आफनो घरमा लिएको सोलारको सदपयोग गर्न स्थानीयबासीलाई सुझाव दिए । सोलार जडान गरेर बालबालिकालाई पठनपाठन सहज बनाउन पनि शाहीले आग्रह गरे ।

गाउँपालिकाका अध्यक्षको आतिथ्यमा भएको कार्यक्रममा पालिकाका सबै वडा अध्यक्षहरु, कृषि शाखा प्रमुख विश्वमित्र शर्मा, गाउँपालिका निमित्त कार्यालय प्रमुख दल बहादुर बाठा लगाएतको उपस्थिति थियो ।

सहास नेपाल संस्थाले यस अघिपनि विभिन्न खालका कार्यक्रमहरु गरेर सकारात्मक कामहरु गरेको छ । भने बाख्रा, व्याड बोका, फिल्टर लगाएतका सामाग्रीहरु पनि वितरण गरेको छ ।

सहास नेपाल सस्थाले आफुहरुको लागि राम्रो काम गर्दै आएको र आगामी दिनमा पनि सहयोगको गर्ने अपेक्षा राखेको स्थानीयबासीको भनाई छ । सोलार पाएपछि स्थानीयबासी निकै खुसि देखिएका छन् ।

९ वटै वडाका विपन्न घरधुरीको छनोट गरी सोलार सेट वितरण गरिएको छ ।

  • २२ पुष २०७९, शुक्रबार प्रकाशित
  • Nabintech