काठमाडौं । अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया वेष्टइन्डिजमा जारी यु १९ विश्वकपमा तेस्रो स्थान हाँशिल गरेको छ। अफगानिस्तानले दिएको २ सय २ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले अन्तिम ५ बल बाँकी छँदा आठ विकेट गुमाएर पुरा गर्यो। उसका लागि निवेथान राधाकृष्णन र क्याम्पबेल केल्लावेले अर्धशतकीय पारी खेलेका थिए। राधाकृष्णनले ९६ बलमा सात चौकासहित ६६ रन बनाउँदा...
बेलायती प्रधानमन्त्री बोरिस जोनसनको टीममा राजीनामा बुझाउने संख्या बढेको छ । उनका नीति सलाहकार एलीना नारोजास्कीले राजीनामा दिनेको सूचीमा नाम थपिएको हो । यस अघि प्रधानमन्त्री आवासका चार वरिष्ठ कर्मचारीले राजीनामा दिएका छन् । राजीनामाका बीच शुक्रबार प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो टीमसँग परिवर्तन राम्रो भएको बताए । जोनसन आफ्नो प्रधानमन्त्री पद जोगाउन लगातार...
एजेन्सी । श्रीलंकाका अलराउण्डर दिलरूवान परेराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। ३९ वर्षिय परेराले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्। यद्यपी उनी घरेलु क्रिकेट भने खेल्नेछन्। श्रीलंकाका लागि परेराले ४३ टेस्ट, १३ एकदिवसीय र ३ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन्। सन् २००७ मा इङ्ल्याण्डविरूद्ध घरेलु मैदानमा...
एजेन्सी । रुसले छिमेकी देश युक्रेनमा थप आक्रामक कदम चाले त्यसले विश्वमा असाधारण परिणाम निम्त्याउन सक्ने अमेरिकाले चेतावनी दिएको छ । युक्रेनसँग जोडिएको आफ्नो सीमा क्षेत्रमा रुसले हातहतियारसहित सैनिक तैनाथ गरेको छ । सीमामा झण्डै एक लाख सेना तैनाथ रहेको बीबीसीको खबरमा उल्लेख छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा अमेरिकी सेना पठाउने कुनै योजना नभएको तर...
एजेन्सी । भारतले आज ७३ औँ गणतन्त्र दिवस मनाउँदैछ । केन्द्रीय राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सन् १९४७ जनवरी २६ तारिखमा बेलायती उपनिवेशट स्वतन्त्र भएपछि भारतले हरेक वर्ष यो दिनमा स्वतन्त्रता दिवस मनाउँदै आएको छ । गणतन्त्र दिवसको अवसरमा केन्द्रीय गृह मन्त्रालयले पद्म विभूषण, पद्म भूषण र पद्म श्री सम्मान पाउनेहरुको सूची सार्वजनिक...
एजेन्सी । हलिउड अभिनेता रिचर्ड गेरेले सार्वजनिक स्थानमा चुम्बन गरेको मुद्दाबाट अभिनेत्री शिल्पा शेट्टीलाई राहत मिलेको छ । गेरेले चुम्बन गरेपछि शिल्पामाथि सार्वजनिक स्थानमा अश्लिलता फैलाएको आरोप लागेको थियो । वर्षौँपछि यो आरोपबाट अदालतले शिल्पालाई सफाइ दिएको हो । अदालतले गत जनवरी १८ मा शिल्पालाई यो मुद्दामा सफाइ दिएको हो । सफाइको बिषयमा अदालतले सोमबार विस्तृत...