२३ आश्विन २०८१, बुधबार
२३ आश्विन २०८१, बुधबार
भारतमा हेलिकोप्टर दुर्घटना
भारतमा हेलिकोप्टर दुर्घटना
  • न्युज डेस्क

१६ असोज काठमाडौं । पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधबार हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । हेलिकोप्टर हेरिटेज एभियसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरुका अनुसार मुम्बईको दक्षिणपूर्वमा रहेको पुणे सहरको बाहिरी इलाकामा स्थानीय समय अनुसार बिहान ६ः४५ बजे दुर्घटना हुदाँ हेलिकोप्टरमा आगो लागेको थियो । ।दुर्घटनामा हेलिकोप्टरमा सवार दुई जना पाइलट र एक जना इन्जिनियरको मृत्यु भएको प्रमुख अग्नि नियन्त्रक अधिकारी देवेन्द्र पोटफोडले पत्रकारहरू समक्ष बताएका छन् । उनले आफूहरु घटनास्थलमा पुग्दा, हेलिकोप्टर दुर्घटनाग्रस्त भएको र यसका सबै भागहरू छरिएको देखेको उल्लेख गरेका छन् ।

  • १६ आश्विन २०८१, बुधबार प्रकाशित
  • Nabintech