६ पुष २०८१, शनिबार
६ पुष २०८१, शनिबार
श्रीलंकामा पहिलो पटक वामपन्थी राष्ट्रपति
श्रीलंकामा पहिलो पटक वामपन्थी राष्ट्रपति
  • न्युज डेस्क

७ असोज काठमान्डौ । श्रीलंकामा पहिलो पटक वामपन्थी राष्ट्रपति चयन भएका छन्।

आइतबार राति सकिएको मतगणनाबाट बामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायके राष्ट्रपति निर्वाचित भएका हुन्।श्रीलंका उनी राष्ट्रपति चुनिँदै गर्दा दुईवटा रेकर्ड बनेका छन्।पहिलो पटक वामपन्थी राष्ट्रपति र पहिलो पटक दोस्रो रोजाईको मतगणना गरिएको हो।आइतबार पहिलो रोजाइको मतगणनामा कसैको पनि ५० प्रतिशत मत नपुगेपछि दोस्रो रोजाइको मतगणना भएको थियो।श्रीलंकाको राष्ट्रपतीय निर्वाचन प्रणाली अन्तको भन्दा फरक छ। लिमिटेड र्‍यांक्ड भोटिङ प्रणालीमा हुने निर्वाचनमा मतदाताले वरीयता तोकेर तीन जना उम्मेदवारलाई भोट हाल्न पाउँछन्। सुरूमा सबै मतदाताको पहिलो रोजाइका भोट गनिन्छन्। कुनै उम्मेदवारले यसमा सदर मतको ५० प्रतिशतभन्दा बढी ल्यायो भने सो उम्मेदवार विजयी हुन्छ।

 

  • ७ आश्विन २०८१, सोमबार प्रकाशित
  • Nabintech