जाजरकाेट । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि जाजरकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत जाजरकोटमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यसहित...
२ माघ रुपन्देही । लुम्बिनी प्रदेश सरकारले माघेसंक्रान्ति तथा थारु समुदायको माघी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । प्रदेश राजपत्रमा २०८१ चैत २१ गते सार्वजनिक सूचना अनुसार माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा बिदा दिने निर्णय गरिएअनुसार बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिए ।
१ माघ सुर्खेत । पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी तीनजनाको मत्यु भएको छ । गत पुस २३ गते सुर्खेतको भेरीगंगा नगरपालिका–५, गेरवानी क्षेत्रमा ५७ वर्षीया गंगा सारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो ।गत पुस २६ गते सोही क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिका–७ की धनसरी रावतको पाटेबाघको आक्रमणबाट मृत्यु भयो । सल्यानको कालीमाटी...
३० पुस सुर्खेत । सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक जना बृद्धाको मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भिर घाइते भएका छन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकको ठक्करबाट घाइते वीरेन्द्रनगर–१३ की ७० वर्षीया लक्ष्मी लामिछानेको उपचारका क्रममा प्रदेश अस्पतालमा बुधबार पुस ३० बिहान मृत्यु भएको जिल्ला टाफिक...
२९ पुस सल्यान । भारतको हिमाचल प्रदेशमा पर्ने सोलान जिल्लाको अर्की बजारमा घरमा आगलागी हुँदा दुईजना नेपालीको मृत्यु भएको छ । सोही घटनामा सातजना नेपाली बेपत्ता भएका छन् ।सोमबार पुस २८ बिहान भएको आगलागीमा सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ का दुई परिवारका नौजना परेका थिए । जसमध्ये दुईजनाको मृत्यु पुष्टि भइसकेको छ । सातजना बेपत्ता छन् ।मृत्यु भएका दुईजना नेपालीको...
२७ पृस बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा दुई हजार ४९१ जना निर्वाचन प्रहरी म्यादी भर्ना गरिने भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले आगामी फागुनमा हुने निर्वाचनलाई लक्षित गरी बाँकेका तीन निर्वाचन क्षेत्रका लागि दुई हजार ४९१ जना निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिए ।समितिले...
२७ पुस काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ।प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ। आयोगका अनुसार आचारसंहितामा निर्वाचनाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ कोही कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा...
जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोला स्थित भित्री सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र चार जना घाइते भएका छन् । छेडागाड नपा–९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नम्बरको डबल क्याब बोलेरो जिप दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परी छेडागाड नपा–९ पजारुकी करिब ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु...
२१ पुस काठमाडौँ । इन्टरपोलको सहयोगमा पक्राउ परेका प्रकाश पाठकलाई नेपाल ल्याउन प्रहरीका अधिकृतहरू फिलिपिन्स जाने भएका छन् । अख्तियार प्रमुख प्रेम कुमार राईसहितका हाइप्रोफाइललाई धम्की दिएपछि डिफ्युजन नोटिस जारी गरेर पाठकलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले पक्राउ गरेको थियो ।काभ्रे घर भएका पाठकले राईसहित १० जनालाई धम्की दिएका हुन् । पाठक भारत, इन्डोनेशिया...
२० पुस रोल्पा । रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गरेका विद्यार्थी बोकेको जीप दुर्घटनामा हुँदा २ जना विद्यार्थीको मृत्यु गएको छ भने ९ जना घाइते भएका हुन ।दुर्घटनामा सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरीका १२ वर्षीया...