११ भदौं बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ ।बुधबार न्यायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । त्यसपछि रवि उच्च अदालत पुगेका हुन् । अब कैफियत प्रतिवेदन आएपछि मुद्दाको...
११ भदौं बाँके । बाँकेको बैजनाथ गाउँपालिका ७ पेडारीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४८ वर्षीय झक्कबहादुर भण्डारी छन् । आफ्नै कुखुरा फर्ममा रहेको बिजुलीको तारबाट मंगलबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
११ भदौं काठमान्डौ । भारतीय क्रिकेट खेलाडी रविचन्द्रन आश्विनले फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग आईपीएलबाट पनि सन्न्यास लिएको घोषणा गरेका छन् ।उनले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो सन्न्यासको जानकारी दिएका हुन् । ‘आजदेखि मेरो आईपीएल करियर पनि समाप्त भएको छ,’ उनले भनेका छन् ।आश्विनले १६ वर्ष आईपीएल खेले । उनले आईपीएलमा कुल दुई सय २१ खेल खेलेका छन्...
११ भदौं काठमान्डौ । अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व बुधबार मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ।सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा बुधबार उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी...
१० भदौ काठमाडौं । आज तीज पर्व मनाइँदै । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ व्रतालुहरुको...
९ भदौं काठमाडौं । हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ ।दर खाएको भोलिपल्ट तीजको दिन निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ । हरितालिका तीजको अघिल्लो दिन एक दिन मात्र दरखाने परम्परा रहेको छ ।परापूर्व कालमा...
८ भदौ बर्दिया । पश्चिम तराईका थारु समुदायले आइतबार आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदै छन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ । घोराही उपमहानगरपालिका–१७ का थारु...
७ भदौं सुर्खेत । सुर्खेतमा लोकसेवा परीक्षा दिइरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेत जिल्ला, वीरेन्द्रनगर–७ स्थित लोकसेवा आयोग सुर्खेत कार्यालयमा सञ्चालित सञ्चाररइन्जिनियर प्राविधिक प्रहरी जवान परीक्षामा नक्कली परीक्षार्थीहरू पक्राउ परेका हुन्। नागरिकता र प्रवेश पत्रमा फोटो बदल गरेर सट्टामा परीक्षा दिन आएका ४ जना नक्कली परीक्षार्थीमध्ये दुई...
६ भदौं रोल्पा । रोल्पामा अरिङ्गालको टोकाई बाट एक जना विद्यार्थीको मृत्यु भएको छ भने अन्य सात जना बिरामी परेका छन् ।जिल्लाको त्रिवेणी ७ तिला स्थित वीरेन्द्र माध्यमिक विद्यालय गाङका विद्यार्थी विद्यालयबाट घर फर्किने क्रममा नजिकैको जंगलमा अरिङ्गालको टोकाइमा परेका थिए ।अरिङ्गालको टोकाइबाट शिशु कक्षामा अध्ययनरत ७ वर्षीय मोहन परियारको मृत्यु भएको प्रधानाध्यापक...
६ भदौं बर्दिया । भदौं ८ गते लुम्बिनी प्रदेश सरकारले ६ वटा जिल्लामा सार्वजनिक विदा दिएको छ ।प्रदेशका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ । थारू समुदायमा बर्का अट्वारी पर्व हर्षोल्लासका साथ मनाइन्छ । यस वर्ष यो पर्व ८ गते आइतबार परेको छ ।यो पर्वमा थारू समुदायका...