
७ भदौं सुर्खेत । सुर्खेतमा लोकसेवा परीक्षा दिइरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेत जिल्ला, वीरेन्द्रनगर–७ स्थित लोकसेवा आयोग सुर्खेत कार्यालयमा सञ्चालित सञ्चाररइन्जिनियर प्राविधिक प्रहरी जवान परीक्षामा नक्कली परीक्षार्थीहरू पक्राउ परेका हुन्।
नागरिकता र प्रवेश पत्रमा फोटो बदल गरेर सट्टामा परीक्षा दिन आएका ४ जना नक्कली परीक्षार्थीमध्ये दुई जनालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको जनाएको छ।पक्राउ पर्नेहरूमा जाजरकोट छेडागाड न.पा.१२ बस्ने धर्मराज चनराको सट्टामा परीक्षा दिन आएका कुशे गा.पा.७ सामाकोट बस्ने २५ वर्षीय श्याम शङ्कर सिंह र दैलेख भगवतीमाई गा.पा.५ बस्ने सुशील शाहीको सट्टामा परीक्षा दिन आएका, सोही गाउँपालिका वडा नं ७ बस्ने २० वर्षीय भरत तिरुवा रहेका छन् ।