६ भदौं रोल्पा । रोल्पामा अरिङ्गालको टोकाई बाट एक जना विद्यार्थीको मृत्यु भएको छ भने अन्य सात जना बिरामी परेका छन् ।जिल्लाको त्रिवेणी ७ तिला स्थित वीरेन्द्र माध्यमिक विद्यालय गाङका विद्यार्थी विद्यालयबाट घर फर्किने क्रममा नजिकैको जंगलमा अरिङ्गालको टोकाइमा परेका थिए ।अरिङ्गालको टोकाइबाट शिशु कक्षामा अध्ययनरत ७ वर्षीय मोहन परियारको मृत्यु भएको प्रधानाध्यापक वरमान बुढाले जानकारी दिनु भयो ।
उनको जिल्ला अस्पताल रेउघामा उपचारको क्रममा आज बिहान १ः३० बजे मृत्यु भएको हो । उनका अनुसार कक्षा ५ मा अध्ययनरत शंकर परियारको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।सुनिता परियार कक्षा १०, मनिषा परियार कक्षा ४, कमल परियार कक्षा के.जी. र आशिष परियार कक्षा शिशु को राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको छ ।