३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
अदालतले माग्यो रविको मुद्दामा कैफियत प्रतिवेदन
अदालतले माग्यो रविको मुद्दामा कैफियत प्रतिवेदन
  • न्युज डेस्क

११ भदौं बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ ।बुधबार न्यायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

त्यसपछि रवि उच्च अदालत पुगेका हुन् । अब कैफियत प्रतिवेदन आएपछि मुद्दाको अर्को सुनुवाइ हुने भएको छ ।रविले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निवेदन दायर गरेका थिए । यसअघि उनले रुपन्देही जिल्ला अदालतमा सोही निवेदन दिएकोमा जिल्ला अदालतले ‘माग बमोजिम नहुने’ आदेश दिएको थियो ।

  • ११ भाद्र २०८२, बुधबार प्रकाशित
  • Nabintech