२६ बैशाख २०८१, बुधबार
२६ बैशाख २०८१, बुधबार
माटो प्रयोग गरेर मेसिनरिवाल निर्माण सरोकारवाला निकाय माैन
माटो प्रयोग गरेर मेसिनरिवाल निर्माण सरोकारवाला निकाय माैन
  • पदम के सी

जाजरकोट । जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा पर्ने सडक निर्माण गर्दा गुनस्तरहिन काम गरेको स्थानीयबासीको गुनासो छ ।

भेरी करीडोर अन्तरगतको नलगाड नगरपालिका वडा १ को बैरीताल देखि कालिमाटि हुदै तल्लुबगरसम्म जोड्ने सडकको छेउमा  मेसिनरीवाल लगाउने क्रममा गिटि हाल्नुपर्ने ठाँउमा माटो प्रयोग गरीएको स्थानीय बताउँछन । गुनस्तरहिन सडक निर्माण गर्दा राज्यको करौडौ रुपैयाँ दोहन भएको र नागरीकको जिवनसगँ ठेकेदार कम्पनीले खेलवाड गरीरहेको स्थानीयको गुनासो छ ।

नलगाड नगरपालिका वडा १ बैरीताल, कालिमाटि हुदै तल्लुबगर जाने सडक खण्डमा गुनस्तरहिन सामाग्रि प्रयोग गरी पलगँ मेसिनरीवाल निर्माण भइरहेको हो । बैरीताल, हुदै कालिमाटि बगरा सम्म ४ किलोमिटर सडक खण्ड खडका कृष्ण कन्ट्रक्सन र वगरा देखि तल्लुबगर सम्मको १९ किलोमिटर पिके कन्टक्सन प्रालिले जिम्मा लिएको सडक खण्डको पलगँ मेसिनरीवालमा गिटि प्रयोग गर्नुपर्ने ठाउँमा माटोको प्रयोग गरीएको स्थानीय टिकाराम जैसीले बताए । ठेकेदारलाई नचिनेको र काम चलाउनेलेलाई गिटिको प्रयोग गर्न आग्रह गरेपनि आफुहरुको कुरा नसुनेको उनको भनाई छ ।

देशकै गौरवशालि आयोजना भेरी करीडोर सडक निर्मानमा नै गिटि हाल्नु पर्ने ठाउमा माटो हालेर सडक निर्माण गरीदै छ । सडक डिभिजन कार्यलय मार्फत निर्माण भईरहेको उक्त सडक खडका कृष्णा कन्ट्रक्सन प्रा.लि र पिके कन्ट्रक्सन प्रा.लि कम्पनीले जिम्मा लिएको छ । खड्का कृष्ण कन्ट्रक्सन प्रा.लिले ७ करोड र पिके कन्ट्रक्सन प्रा.लिले १९ करोड रुपैयाँमा निर्माण थालेको सडकमा गिटिको प्रयोग गर्न पटकपटक आग्रह गरेपनि ठेकेदार कम्पनीले अटेरी गर्दै आएको वडा न ४ का वडाध्यक्ष बद्रि बहादुुर पन्तले बताए । उनी भने, पटकपटक जिल्ला प्रसाशन कार्यलय जाजरकोटमा पनि जानकारी गराए, सडक डिभिजनलाई पनि जानकारी गराए तर आफनो कुरा कसैले नसुनेर उल्टै ठेकेदार कम्पनीलाई नै संरक्षण गरीएको छ ।

निर्माण स्थलमा माटो थुपारीएको छ । निर्माण कम्पनीले ढुक्कसगँ माटो र सिमेन्ट घोलेर सडकमा पलगँ मेसिनरीवाल निर्माण गरीरहदा पनि नजिकै रहेको नगरपालिका भने मुकदर्शक छ । यो विषय आफुहरुको नभएकोले चासो नदिएको स्थानीय तहको भनाई छ । यता उता गर्ने क्रममा माटो हालेर वाल लगाएको देखेपनि स्थानीय तहको बजेट नभएकोले वास्ता नगरेको र सम्बन्धित निकायलाई जानकारी दिनुपर्ने नगरप्रमुख डम्वर बहादुर रावत बताउछन ।

२०८० मसिर सम्म निर्माण काम सक्नु पर्ने सम्झौता छ । राम्रो काम नगरेको भन्दै स्थानियले गालि गर्ने भएकोले अव पेटिमा ठेक्का नदिएर आफैले काम गर्ने ठेकेदार कम्पनिको तर्क छ ।

निर्माण कम्पनीले जिरो पोइट बैरीताल देखि नै कम्सल काम गर्दै गएको छ । स्थानीयले पटकपटक राम्रो काम गर्न आग्रह गरेपनि ठेकेदार कम्पनीले नसुनेको उनीहरु बताउछन । यो सडक जम्मा २३ किलोमिटर रहेको छ । सडक ट्रयाक खोलिएको १५ वर्ष पछि स्तर उन्नती हुदैछ ।

  • १४ असार २०७९, मंगलवार प्रकाशित
  • Nabintech