१७ कार्तिक २०८२, आईतवार
१७ कार्तिक २०८२, आईतवार
आज राति खग्रास चन्द्रग्रहण : कुन राशिले हेर्न मिल्ने कुनले नमिल्ने
आज राति खग्रास चन्द्रग्रहण : कुन राशिले हेर्न मिल्ने कुनले नमिल्ने
  • न्युज डेस्क

२२ भदौं काठमान्डौं । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार खग्रास चन्द्रग्रहण लाग्दैछ। नेपालमा राति १० बजेर ११ मिनेटमा शुरु भई १ बजेर ४१ मिनेटमा पूरा हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिनु भयो ।पञ्चाङ्गहरूका अनुसार १० . ११ मा ग्रहण स्पर्श, ११ . १५ बजे सम्मीलन, ११ . ५६ बजे मध्य, १२.३८ बजे उन्मिलन र १ . ४१ बजे मोक्ष हुनेछ। नेपाल, भारतसहित एसियाका धेरै देशबाट यो ग्रहणलाई सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिने खगोलशास्त्री प्राडा जयन्त आचार्यले जानकारी दिनु भयो ।

फलित ज्योतिशास्त्रअनुसार मिथुन, कर्कट, सिंह र तुला, वृश्चिक, मकर, कुम्भ, मीन राशि भएकालाई ग्रहण नहेर्न निर्देश गरिएको छ। अन्य राशिकाले भने हेर्न सक्ने बताइएको छ। मेष राशि भएकालाई लाभ, वृषलाई सुख, मिथुनलाई माननाश र कर्कटलाई कष्ट फल रहेको बताइएको छ। यस्तै सिंहलाई स्त्रीपीडा, कन्यालाई सुख, तुलालाई चिन्ता र वृश्चिकलाई व्यथा फलादेश गरिएको छ। धनुलाई श्रीप्राप्ति, मकरलाई क्षति, कुम्भलाई घात र मीन राशि भएकालाई व्यय फल प्राप्त हुने बताइएको छ।

  • २२ भाद्र २०८२, आईतवार प्रकाशित
  • Nabintech