१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
पाकिस्तानी प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित
पाकिस्तानी प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित
  • एजेन्सी

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरूद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ।

शनिबार मध्यरातमा संसदमा भएको मतदानमा खानको विपक्षमा १७४ सांसदले मतदान गरेपछि उनले विश्वासको मत गुमाएका हुन्। यो सँगै उनी पदमुक्त भएका छन्।

अन्तिम समयसम्म संघर्षरत खानको विपक्षमा बहमत सांसदले मतदान गरेका थिए। यो सँगै नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार दिउँसो २ बजे संसद बैठक बस्ने भएकोछ। अविश्वासको प्रस्ताव पारित भएपछि सदनलाई सम्बोधन गर्दै पीएमएल-एन का अध्यक्ष शाहबाज शरीफले आज पाकिस्तानमा संविधान र कानूनको पुनः स्थापित भएको दाबी गरे।

अध्यक्ष शाहबाज शरीफले आफूहरूले कसैसँग बदला नलिएको भएर कानुनले आफ्नो काम गरेको स्पष्ट पारे। यसअघि गत आइतबार नेसनल एसेम्ब्लीका उपसभामुखले प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्रस्ताव असंवैधानिक भएको भन्दै मतदानकै दिन खारेज गरिदिएका थिए। अविश्वास प्रस्ताव खारेज गरेर संसद अधिवेशन स्थगित भएलगत्तै प्रधानमन्त्री इमरान खानले राष्ट्रपति आरिभ अल्भीसमक्ष संसद विघटन गर्न सिफारिस गरेका थिए।

पाकिस्तानको संविधानको धारा ५८ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्न सक्ने व्यवस्था छ। इमरान खानको सिफारिसलगत्तै राष्ट्रपति अल्भीले संसद विघटन गरेका थिए। तर पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरूद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने र संसद विघटन गर्ने निर्णय बदर गरिदिएको थियो।

सर्वोच्चले पुनर्स्थापित संसदमा प्रधानमन्त्री खानविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव अघि बढाउन पनि आदेश दिएको थियो।

प्रधानमन्त्री खानले आफू अल्पमतमा परेपछि विरोधीहरूलाई विदेशीको पैसा लिएर सरकारविरूद्ध षडयन्त्र गरेको आरोप लगाउँदै आएका छन्।

३४२ सदस्यीय नेसनल एसेम्ब्लीमा बहुमतका लागि १७२ सांसद चाहिन्थो। खानको पाकिस्तान तेहरिक-ए इन्साफ पार्टीका १३३ सांसदमात्रै छन्। खानले गठबन्धन बनाएर बहुमत पुर्‍याएका थिए।

उनलाई गठबन्धनकै केही दलले दिएको समर्थन फिर्ता लिएका थिए भने आफ्ना पार्टीका केही सांसदले पनि उनलाई विश्वासको मत नदिने बताएका थिए।

  • २७ चैत्र २०७८, आईतवार प्रकाशित
  • Nabintech