१६ मंसिर २०८२, सोमबार
१६ मंसिर २०८२, सोमबार
भारतको तमिलनाडुमा दुईवटा बस ठोक्किँदा ११ जनाको मृत्यु
भारतको तमिलनाडुमा दुईवटा बस ठोक्किँदा ११ जनाको मृत्यु
  • न्युज डेस्क

१५ मंसीर काठमान्डौं । भारतको तमिलनाडु राज्यको शिवगंगा जिल्लामा आइतबार दुई सरकारी बस ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। घाइते ४० जनामध्ये २० जनाको अवस्था गम्भीर रहेको सञ्चारमाध्यमले जनाएको छ ।

विपरीत दिशामा रहेका दुई बस घुम्ती बाटोमा ठोक्किएका थिए । दुर्घटनालगत्तै स्थानीयवासीघटनास्थल पुगेर उद्धार शुरु गरेका थिए। त्यसपछि प्रहरी समेत आइपछि घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको थियो ।

  • १६ मंसिर २०८२, सोमबार प्रकाशित
  • Nabintech