७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
नेकपा एकीकृत समाजवादीको स्टिकर वितरण अभियान सुरु
नेकपा एकीकृत समाजवादीको स्टिकर वितरण अभियान सुरु
  • paschimpatra

जाजरकाेट । नेकपा (एकीकृत समाजवादी) जाजरकोटले पार्टीको स्टिकर वितरण अभियान आईतबारदेखि सुरु गरेको छ । पार्टीको प्रचार, सामाजिक परिवर्तनमा मद्दत गर्नुको साथै आर्थिक संकलन गर्न नेकपा (एकीकृत समाजवादी) जाजरकोटले पार्टीको स्टिकर वितरण अभियान सरु गरेको हो ।

पार्टी केन्द्रको दोस्रो पूर्ण बैठकले लिएको निर्णय अनुसार जाजरकोट जिल्लामा आईतबारदेखि पार्टीको स्टिकर वितरण अभियान सुरु गरिएको नेकपा (एस) का केन्द्रिय सदस्य तथा जाजरकोट जिल्ला अध्यक्ष कृष्ण विसीले जानकारी दिए । पार्टीको नाम, चुनाव चिन्ह तथा राजनीतिक प्रचारलाई जनताको घरदैलोसम्म पु¥याउनुको साथै जनसम्पर्कको सुत्र जोड्न पार्टीले स्टिकर वितरण अभियान सुरु गरेको अध्यक्ष बिसीले बताए ।

हिमाल, पहाड, मधेश, तराई १ हाम्रो देशमा कोही छैन पराई, जातिय छुवाछुत तथा विभेद, लैङ्गिक हिंसा तथा विभेद लगाएतका सामाजिक बिकृति, आर्थिक अनियमित्ता, साँस्कृतिक विचलन बिरुद्धका सन्देश मुलक ६ प्रकारका स्टिकरहरु जनताको घरदैलोमै पुगेर वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष बिसीको भनाई रहेको छ । अध्यक्ष बिसीकानुसार प्रतिस्टिकर नेकपा (एस) ले न्युनतम १० रुपैया भन्दा माथि संकलन गर्ने भएको छ ।

‘हरेक घर–स्टिकर’ भन्ने मुल नारा सहित नेकपा (एस) ले संचालन गरेको अभियानको पहिलो दिन जाजरकोट जिल्लाको सदरमुकाम खलंगमा ५०० स्टिकर वितरण गरिएको भेरी नगर कमिटी अध्यक्ष मोहन खड्काले बताए । उक्त अभियान अन्तरगत जाजरकोट जिल्लामा १० हजार स्टिकर वितरण गर्ने लक्ष्य राखिएको नेकपा (एस) ले बताएको छ । त्यसका लागि प्रत्येक पालिका कमिटी र जनवर्गिय संगठनहरुलाई परिचालन गरिएको बताईएको छ ।

  • १२ माघ २०७८, बुधबार प्रकाशित
  • Nabintech