१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
जाजरकोटमा ४४ जनालाई कोरोना संक्रमण
जाजरकोटमा ४४ जनालाई कोरोना संक्रमण
  • paschimpatra

जाजरकोट । जाजरकोटमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य सेवा कार्यालयको प्रयोगशालामा १९ जनामा गरिएको स्वाब परीक्षणबाट १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका फोकल पर्सन कृष्णबहादुर खत्रीले बताएका छन । स्वास्थ्य सेवा कार्यालयमा मात्र सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ पुगेको खत्रीले जानकारी दिएका छन् । ओमिक्रोनको संक्रमण फैलिएपछि यसको सङ्ख्या बढ्दै गएको हो । अन्य पालिकाको जानकारी नआएको भन्दै सङ्क्रमितको संख्या बढ्ने खत्रीको भनाई रहेको छ ।

केहि महिना कोरोना संक्रमित शून्य रहेको जाजरकोटमा कोरोनाको तेस्रो लहर फैलिएपछि कोरोना संक्रमण दर बढेको छ । कोरोनाको दोस्रो लहरमा २ हजार जनामा संक्रमण देखिएको थियो भने १७ जनाको ज्यान गएको थियो ।

अहिले मौसम परिवर्तन र चिसोले जिल्लामा रुघाखोकीका बिरामी बढेकाले कोरोना भाइरस परीक्षण दायरा बढाउनु पर्ने जाजरकोट अस्पतालका मेडिकल अधिकृत डाक्टर औंसर सिंह राठौंरले बताए । त्यसैगरी जाजरकोटमा आजबाट बुस्टर जोड खोप दिन सुरु गरिएको छ । आज पहिलो दिन ३५ जनाले यो खोप लगाएका स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

  • १२ माघ २०७८, बुधबार प्रकाशित
  • Nabintech