१३ श्रावण २०८३, बुधबार
१३ श्रावण २०८३, बुधबार
सशस्त्र प्रहरी हवल्दार ब्यारेकमै मृत फेला
सशस्त्र प्रहरी हवल्दार ब्यारेकमै मृत फेला
  • न्युज डेस्क

१३ साउन बाँके । बाँकेको नरैनापुरमा सशस्त्रको ब्यारेकमै एक जना हवल्दार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकको कोठामा कैलाली जिल्ला गौरीगङ्गा नगरपालिका– ५ चौमाला घर भएका ३८ वर्षीय घनश्याम ढकाल मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतितसिंह राठौरले  जानकारी दिनु भयो ।

उहाका अनुसार ढकाल आफू सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए ।बिहान अन्य प्रहरीहरु सरसफाई लगायत अन्य काममा निस्किएपनि ढकाल ननिस्केपछि हेर्दा पंखामा झुण्डिएर मृत अवस्थामा फेला परेका थिए ।

  • १३ श्रावण २०८३, बुधबार प्रकाशित
  • Nabintech