१३ श्रावण २०८३, बुधबार
१३ श्रावण २०८३, बुधबार
  कोहलपुरमा सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु
  कोहलपुरमा सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु
  • न्युज डेस्क

दीपककुमार शर्मा
१३ साउन बाँके ।  बाँकेको कोहलपुरमा   निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु भएको छ।
कोहलपुर नगरपालिका–३, शान्तिटोलमा बुधबार बिहान दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीभित्र तीन जना मजदुर मृत फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक चक्रबहादुर डम्मरपालले  जानकारी दिनु भयो ।

उहाका अनुसार मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का करिब अन्दाजी ३४ वर्षीय बिर्जा थारु ,४२ वर्षीय कालु थारु र २७ वर्षीय प्रकाश थारु रहेको जानकारी दिनु भयो ।  ।प्रहरी नायव उपरिक्षक चक्रबहादुर डम्मरपालकाअनुसार जेसीबीको सहायताले सेफ्टी ट्याङ्की फुटाएर तीनै जनालाई बाहिर निकालिएको भए पनि उनीहरूलाई मृत अवस्थामा फेला पारिएको थियो ।

  • १३ श्रावण २०८३, बुधबार प्रकाशित
  • Nabintech