
१३ साउन, डोल्पा । डोल्पामा प्रहरीले दुई जनालाई खैरो हेरोइन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।होटलमा कोठा भाडामा लिएर बसेका उनीहरूलाई खानतलासीका क्रममा ठूलीभेरी नगरपालिका ८ निवासी २५ वर्षीय सन्तोष भण्डारी र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ११ निवासी २३ वर्षीय नवीन खड्कालाई पक्राउ गरिएको हो ।
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका १ बजार बजारस्थित फ्लग फिगर होटलबाट मंगलबार करिब ८ बजेतिर दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।प्रहरीका अनुसार होटलमा कोठा भाडामा लिएर बसेका दुई जनाले लागुऔषध बिक्रीवितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो।