
१२ साउन सुर्खेत । सुर्खेतमा भएको जिप दुर्घटनामा चालक सहित १५ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार लेकबेशी नगरपालिका५ र ६ को सिमानास्थित हलकन्डरा क्षेत्रमा यात्रुबाहक जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
डाँडागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे १ ज ५४० नम्बरको मुस्ताङ जिप उकालोमा आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।दुर्घटनामा घाइते भएका आठ जनाको माया नर्सिङ होम, सुर्खेत र पाँच जनाको स्थानीय मेडिकल, दशरथपुर सुर्खेतमा उपचार भइरहेको छ।