८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
दुर्गम बस्तिमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै छिताराम प्रतिष्ठान
दुर्गम बस्तिमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै छिताराम प्रतिष्ठान
  • paschimpatra

जाजरकाेट । “क्यान्सर भगाऔं,जीवन जोगाऔं” भन्ने मुल नारा सहित नलगाड नगरपालिका वडा नं .६ को बीरेन्द्र हिमालय प्राथमिक विद्यालय भारगाँउमा  निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

छिताराम स्मृति प्रतिष्ठान, स्वास्थ्य तथा सरसफाइ शाखा नलगाड नगरपालिका र नलगाड नगरपालिका वडा न ६काे स‌ंयुक्त आयाेजनामा भएकाे निशुल्क स्वास्थ्य शिविरमा स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नसारोग, जनरल फिजिसियन, भिडियो एक्सरे, ईसिजी, सुगर, प्रेसर जाँच, पाठ्यघर स्तनको क्यान्सर, स्क्रिनींग फिस्टुलाको जाँच, पाठ्यघर खसेको जाँच तथा स्कुलका बालबालिकाहरुको स्वास्थ्य पोषण स्थिति चेकजाँच लगायतका रोगसँग सम्बन्धित बिरामीका लागी उक्त शिविर संचालन गरिएको छिताराम प्रतिष्ठानकी अध्यक्ष लक्ष्मी बिसीले जानकारी दिईन ।

दुई दिन सम्म संचालन भएको शिविरमा ८सय १५ जना बिरामीले चेकजाँच गरी उपचार सेवा लिएका थिए ।  १ सय १५ जना महिलालाई पाठ्यघर परिक्षण गरिएकोमा पिआईडी केस ४३ ४३ Uterine PROLAPSE पहिलो चरण १६, दोस्रो चरण ४, तेस्रो चरण १ जना, CA Cervix VIA २५, positive cystocele १२, Rectocele २ अन्य १० जनामा देखिएको थियो Orthopedics सग सम्बन्धित समस्या भएका बिरामीहरु १ सय १५ जना थिए जस अन्तर्गत सामान्य औषधि बाट ४५ मधुमेह ९ उच्च रक्तचाप ४ Rentlstone Skin १२ Disease In Children ४ ENT ९ जना प्रभावित रहेकाथिए ।

१ सय ३ जना बच्चाहरु दाँत सम्बन्धित रोगसँग सम्बन्धित रहेका चेकजाँचको रिपोर्टमा देखिएको छ ।

सोही शिविरमा ६ नं.वडामा रहेका ५ बिधालयका २ सय २६ जना बिद्यार्थीहरुलाई स्वास्थ्य चेकजाँच गरिएको थियो । जसअनुसार अँखा, स्वास्थ्य स्क्रिन समस्या पौस्टिक आहार जस्ता समस्या बढीमात्रामा पाईएको छ । व्यक्तिगत सरसफाइ पोषणमा आधारित ३० प्रतिशत मात्र रहेको कुरा स्वास्थ्य तथा सरसफाइ शाखा कार्यालय दल्कीका प्रतिनिधि तप्त चदाराले बताए ।

शिविरमा २ सय जनालाई भिडियो एक्सरे सेवा गरिएकोथियो । सोही शिविरमा USA सरकारबाट छिताराम स्मृति प्रतिष्ठानलाई उपहार प्रदान गरिएको अक्सिजन कन्सन्ट्रेटर प्राथमिक स्वास्थ्य अस्पताल दल्लीलाई हस्तान्तरण गरिएको थियो ।

डाक्टर प्रभु सुब्बा, डाक्टर माधव बिश्वकर्मा, डाक्टर बिशाल उप्रेती, डाईरेक्टर फ्युचर अफ होप काठमाडौका कवी थापा, रेडियोग्राफी चौरजहारी अस्पतालका जय बुढा, एचसिएफ भरतपुर चितवनका प्रणय कुमार बिक सिनियर नर्स भिमाकुमारी श्रेष्ठ, पारामेडिक्स चौरजहारी अस्पतालका सुजन बिक, स्वास्थ्य तथा सरसफाइ शाखा कार्यालय दल्लीका प्रतिनिधि तप्त चदारा, नर्स सुमित्रा ओली लगायत स्वास्थ्य शिविर टोलीमा सहभागी थिए ।

निशुल्क स्वास्थ्य शिविर सफलताको लागि सक्रियतापुर्वक सहभागिता जनाउने संघ सँस्था र डाक्टरहरुलाई सम्मान पत्र प्रदान गरिएको छिताराम प्रतिष्ठानकी अध्यक्ष लक्ष्मी बिसीले जानकारी दिइन । प्रतिष्ठानले आगामी दिनहरुमा बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाका विभिन्न वडाहरुमा पनी निशुल्का स्वास्थ्य शिविर संचालन गरिने बताएकी छन । दुर्गम गाउका अधिकांश महिलाहरू पाठ्यघर क्यान्सरका बिरामी धेरै मात्रामा देखिएकाले त्यो अवस्था चिन्ताजनक रुपले देखिएको र जसका लागि प्रतिष्ठानले सहयोग गर्ने उनले बताईन ।

निशुल्क स्वास्थ्य शिविर संचालन गरेर आफ्नो वडाभित्रका नागरिकहरुलाई सेवा प्रदान गर्न पाउदा अफुलाई ज्यादै खुसी लागेको सोही वडाका अध्यक्ष एवं निशुल्क स्वास्थ्य शिविरका सभा अध्यक्ष वीरेन्द्र खड्काको भनाई रहेको छ ।

  • २४ चैत्र २०७९, शुक्रबार प्रकाशित
  • Nabintech