३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
किन गरर्यो भेरी अस्पतालले दुई जना कर्मचारी निलम्बन
किन गरर्यो भेरी अस्पतालले दुई जना कर्मचारी निलम्बन
  • न्युज डेस्क

५ भदौं बाँके । भेरी अस्पताल नेपालगन्जले दुई जना कर्मचारीलाई तत्कालका लागी निलम्बन गरेको छ ।विरामीका आफन्त बाट भेरी अस्पतालले औषधी फिर्ता गरेर नगद लिएको घटनामा संलग्न दुई कर्मचारीलाई तत्कालका लागि निलम्बन गरेको हो ।

प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार दुवै जना कर्मचारीलाई तत्कालका लागी निलम्बन गरिएको जानकारी दिनु भयो ।एक जना कर्मचारीलाई शुक्रबार र अर्कोलाई मंगलबार निलम्बन गरिएको छ। उनीहरूमाथि आन्तरिक अनुसन्धान जारी रहेको र स्पष्टिकरणपछि थप कारबाही हुने अस्पतालले जनाएको छ।

  • ५ भाद्र २०८२, बिहीबार प्रकाशित
  • Nabintech