३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
कार्यालय समयमा निजी क्लिनिकमा व्यस्त हुने डाक्टरलाई कारबाही गरिने
कार्यालय समयमा निजी क्लिनिकमा व्यस्त हुने डाक्टरलाई कारबाही गरिने
  • न्युज डेस्क

४ भदौं सुर्खेत । कर्णाली प्रदेश सरकारले सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कार्यालय समयमा निजी अस्पताल, क्लिनिक वा नर्सिङ होममा काम गर्न कडा प्रतिबन्ध लगाएको छ ।सरकारी सेवालाई बेवास्ता गर्दै निजी क्षेत्रमा सक्रिय भएको गुनासो बढेपछि सामाजिक विकास मन्त्रालयले यस्तो कडा निर्देशन जारी गरेको हो ।

मंगलबार सामाजिक विकास मन्त्रालयका सचिव धोलकराज ढकालले मातहतका सबै स्वास्थ्य निकाय तथा  अस्पताल हरूलाई निर्देशन समेत पठाइसकेका छन् ।‘सरकारी चिकित्सक र स्वास्थ्यकर्मीहरूले कार्यालय समयमा बिरामी नजाँची निजी स्वास्थ्य संस्थामा काम गरिरहेको र त्यसको लागि विभिन्न सञ्चारमाध्यमबाट विज्ञापनसमेत गरिरहेको पाइएको छ,’ निर्देशन पत्रमा भनिएको छ, ‘यस्ता गतिविधिले सरकारी स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर परेको छ ।’ यो विषयमा मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

  • ४ भाद्र २०८२, बुधबार प्रकाशित
  • Nabintech