६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
एकदिवसीय क्रिकेट वरीयतामा नेपालको सुधार
एकदिवसीय क्रिकेट वरीयतामा नेपालको सुधार
  • paschimpatra

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निकालेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रियको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू मा आफूभन्दा एकस्थान माथि रहेको ओमानलाई पछि पारेको छ ।

लिग टूका पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल यी खेल जित्नुअघि १९ औं स्थानमा थियो । नेपाल १७ औं, १६ औं हुँदै १५ औं स्थानमा उक्लिएको छ ।

लिग टू खेलको अन्य देशहरुमा ओमान १६ औं स्थानमा, नामिबिया १७ औं, अमेरिका १८ औं, युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन् ।

  • ८ चैत्र २०७९, बुधबार प्रकाशित
  • Nabintech