२३ असोज काठमान्डौं । हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेको छ।नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सद्स्य सचिव टंकलाल घिसिङले हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रमा टाँचा लगाए।विश्व हुलाक दिवस २०२५ का अवसरमा आइसिसी पुरुष विश्वकप र आईसीसी महिला यू १९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकटमा टाँचा लगाउनका साथै प्रदर्शनी गरेको हो।