२८ असोज काठमाडौं । कतार विरुद्धको खेलमा नेपाल विजयी भएको छ । स्पिनर सन्दीप लामिछानले अन्तिम ओभरमा १० रन रक्षा गरेसँगै नेपालले आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनल सुपर–६ को दोस्रो खेलमा कतारविरुद्ध पाँच रनको रोमाञ्चक जित निकालेको छ ।
सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याउने क्रममा कतारले १९।५ ओभरमा सबै विकेट गुमाएर १४२ रनमात्र बनाउन सक्यो ।