६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
एक दिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपालको सुधार
एक दिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपालको सुधार
  • paschimpatra

काठमाडौँ । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय वरीयतामा सुधार गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० ले आज सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । नयाँ वरीयतामा नेपाल १६ औँ स्थानमा उक्लिएको छ । यस अघि नेपाल १७ औँ स्थानमा रहेको थियो ।

नामिबियालाई पछि पार्दै नेपाल १६ औँ स्थानमा उक्लिएको हो । नेपालभन्दा पछाडि नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनी रहेका छन् । एसोसियट राष्ट्रतर्फ स्कटल्यान्ड १२औँ स्थानमा कायमै रहेको छ ।

भारत वरीयताको शीर्ष स्थानमा रहँदा अष्टेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ ।

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पछिल्ला ११ मध्य १० खेल जितेपछि एक महिनामा तीन स्थान सुधार गरिसकेको छ ।

  • १ चैत्र २०७९, बुधबार प्रकाशित
  • Nabintech