७ कार्तिक २०८१, बुधबार
७ कार्तिक २०८१, बुधबार
सी डिभिजन लिग आगामी वैशाखमा, हरेक क्लबलाई ११ लाख तयारी खर्च दिइने
सी डिभिजन लिग आगामी वैशाखमा, हरेक क्लबलाई ११ लाख तयारी खर्च दिइने
  • paschimpatra

काठमाडौं । नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आगामी वैशाखमा आयोजना हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० ले सोमबार ‘सी’ डिभिजन क्लबसँग छलफल गर्दै २०८० साल बैशाख २२ गतेबाट सी डिभिजन लिग सुरु गर्ने निर्णय गरेको हो ।

एन्फाले सोमबार बी र सी डिभिजनका क्लबहरुसँग छुट्टा छुट्टै छलफल गरेको थियो ।

‘बी’ डिभिजन लिगको मिति अर्को बैठकबाट तय गर्ने सहमति भएको समेत एन्फाले जनाएको छ ।

यस्तै एन्फाले ‘सी’ डिभिजन क्लबलाई दिने तयारी खर्चमा समेत वृद्धि गरेको छ ।

यसअघि सी डिभिजन क्लबलाई ९ लाख ५० हजार दिएको एन्फाले अब तयारी खर्च ११ लाख दिने जनाएको छ ।

  • २९ कार्तिक २०७९, मंगलवार प्रकाशित
  • Nabintech