२ असार २०८१, शनिबार
२ असार २०८१, शनिबार
३२ दलले सच्याए समानुपातिकतर्फको बन्दसूची : आज दिउँसो १२ बजेसम्म नाम फिर्ताको समय
३२ दलले सच्याए समानुपातिकतर्फको बन्दसूची : आज दिउँसो १२ बजेसम्म नाम फिर्ताको समय
  • paschimpatra

काठमाण्डौ । आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि ३२ राजनीतिक दलले समानुपातिक बन्दसूची परिमार्जन गरेका छन् । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिकको बन्दसूची सच्याएर बुझाउन हिजोसम्मको समयसीमा दिएर ४८ राजनीतिक दललाई पत्राचार गरेको थियो ।

निर्वाचन आयोग राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार ती ४८ दलमध्ये प्रतिनिधि सभातर्फ ३२ वटा राजनीतिक दलले समानुपातिकको बन्दसूची सच्याएर बुझाएका हुन् ।

प्रदेश सभातर्फ प्रदेश एकमा ३१ दल, मधेस प्रदेशमा २१, वाग्मती प्रदेशमा २० दल, गण्डकी प्रदेशमा २५ दल, लुम्बिनी प्रदेशमा २४ दल, कर्णाली प्रदेशमा २० दल र सुदूरपश्चिम प्रदेशमा २४ राजनीतिक दलले समानुपातिकको सूची सच्याएर बुझाएका पनि वाग्लेले जानकारी दिनुभयो । अब आयोगले बन्दसूचीमाथिको थप प्रक्रिया सुरु गर्नेछ । अब बन्दसूचीमा नाम रहेको सम्बन्धित व्यक्तिले फिर्ता लिने र उम्मेदवारविरुद्ध उजुरी परेर छानबिन गर्दा नाम हट्नेबाहेक दलहरुले बुझाएको नाममा हेरफेर नहुने निर्वाचन आयोगले जनाएको छ । नाम फिर्ता लिन चाहने उम्मेदरवारलाई आज दिउँसो १२ बजेसम्मको समय दिइएको छ ।

कसैले नाम फिर्ता लिएमा अर्को व्यक्तिलाई दलले उम्मेदवार बनाउन सक्नेछन् । निर्वाचन आयोगले नाम फिर्ता लिएको उम्मेदवारबारे आज दिउँसो तीन बजेसम्म सम्बन्धित दललाई जानकारी दिनेछ । अन्तिम सूची निर्वाचन आयोगले असोज २२ गते प्रकाशन गर्नेछ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन अब ४८ दिन मात्रै बाँकी छ।

  • १७ आश्विन २०७९, सोमबार प्रकाशित
  • Nabintech