११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार
साफ महिला च्याम्पियनसिपको ट्रफी घरमै राख्ने नेपालको लक्ष्य
साफ महिला च्याम्पियनसिपको ट्रफी घरमै राख्ने नेपालको लक्ष्य
  • paschimpatra

काठमाडौं । छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा सोमबार घरेलु टोली नेपालले बंगलादेशसँग दशरथ रंगशालमा खेल्दैछ । फाइनल जसले जिते पनि नयाँ विजेता बन्नेछ । च्याम्पियन बन्ने टिम साफ महिला च्याम्पियनसिपको दोस्रो विजेता टिम हुनेछ ।

अहिलेसम्म भएको पाँच वटै संस्करणको उपाधि जितेको भारत सेमिफाइनलबाटै बाहिरिएपछि नेपाल र बंगलादेश सामु नयाँ इतिहास बनाउने अवसर छ । त्यसका लागि दुवै टोली तयार भइसकेका छन् ।

यसअघि नेपालले चार पटक फाइनल खेल्दा चारै पटक भारतसँग पराजित भएको थियो । यस्तै एक पटक फाइनल पुगेको बंगलादेश पनि भारतसँग नै पराजित भएको थियो । दुवै टोलीले फाइनल पुग्नुअघि यस पटक भारतलाई नै पराजित गरिसकेका छन् ।

आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।

  • २ आश्विन २०७९, आईतवार प्रकाशित
  • Nabintech