फेसबुक मेसेन्जर, भाइबर, ह्वाट्सएप आदिजस्ता मेसेजिङ एपबाट फोटो तथा भिडियोहरु आदानप्रदान गर्नु भएकै होला ।
तर यसरी फोटो भिडियोहरु पठाउँदा प्राप्त गर्ने व्यक्तिको च्याट बक्समा पुग्ने बेलामा तस्वीर तथा भिडियोको गुणस्तर निकै खस्किएको हुन्छ । कुनै पनि तस्वीरलाई उसको गुणस्तर रुपमै कसरी ह्वाट्सएपमा पठाउने त ? यसका लागि तपाईले तल दिइए अनुसार गर्नुपर्दछः
- सबैभन्दा पहिले आफ्नो स्मार्टफोनमा ह्वाट्सएप खोल्नुहोस् ।
- एप खुलेसँगै तीनवटा थोप्ला भएको आइकनमा थिच्नुहोस् र सेटिंग्स अप्सनमा जानुहोस् ।
- त्यसपछि Storage and Data अप्सनमा थिच्नुहोस् ।
- उक्त अप्सनमा फोटो अपलोड क्वालिटीको अप्सन देखापर्दछ, त्यसमा ट्याप गर्नुहोस् ।
- फोटो अपलोड क्वालिटीमा विभिन्न ३ वटा अप्सन प्राप्त हुनछन् । पहिलो अटो, दोश्रो बेस्ट क्वालिटी र तेश्रो डाटा सेभर ।
- यदि तपाईले उच्च गुणस्तरमा कुनै तस्वीर कसैलाई पठाउन चाहुनुहन्छ भने Best Quality को अप्सन छान्नुपर्ने हुन्छ ।
यसरी छनोट गरिसकेको तस्वीर उच्च क्वालिटीमा तपाईले कसैलाई पठाउन सक्नुहुन्छ र प्रापकले उच्च रिजोलुशनयुक्त तस्वीर प्राप्त गर्दछ ।
– एजेन्सीको सहयोगमा
२६ माघ २०७८, बुधबार प्रकाशित