१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार
जाजरकोटका दुई पालिकामा टेलिफोन सेवा अवरुद्ध
जाजरकोटका दुई पालिकामा टेलिफोन सेवा अवरुद्ध
  • paschimpatra

जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका र बारेकोट गाउँपालिमा पाँच दिन देखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुदाँ त्यस क्षेत्रका स्थानीय सञ्चारविहीन बनेका छन् ।

गत श्रावन ४ गते राती जाजरकोटको सल्लाभिरमा रहेको रिपिटर टावरमा चट्याङ्गले क्षति गरेपछि दुई पालिकाको टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जाजरकोट शाखाका कार्यालयल प्रमुख भिमसेन विश्वकर्माले बताए ।

विश्वकर्माका अनुसार अन्य क्षेत्रको टेलिफोन सेवा मर्मत पछि सुचारु भएको छ । तर बारेकोट र जुनिचाँदेको टेलिफोन सेवा सुचारु हुन केहि दिन लाग्छ उनले भने, ‘सल्लाभिरको रिपिटर टावरमा धेरै क्षती भएको छ । क्षती भएको सामान यहाँ पाउदैन काठमान्डौंबाट ल्याउनु पर्ने हुन्छ । सामग्री पुग्ने वित्तिकै सेवा सुचारु हुन्छ ।’ टेलिफोन सेवा अवरुद्ध भएपछि त्यस क्षेत्रका स्थानीय फोन गर्न अग्ला डाँडा जानुपर्ने बाध्यता छ ।

  • १० श्रावण २०८०, बुधबार प्रकाशित
  • Nabintech