जाजरकोट । आज एक सन्दर्भमा यो पंङ्तिकार आफूले देखे ,भोगे र ब्यहोरेका घटना क्रमका आधारमा उत्पन्न सवालहरुको बारेमा केहि लेखुँ भन्ने मनसायले यो सानो लेख लेख्ने प्रयत्न गरेको छु ।प्रगतिका हिसावले आर्थिक बर्ष २०८२।०८३ को प्रथम त्रैमासिक पुरा भएर दोस्रो त्रैमासिकको सुरुवात भइरहेको छ । यस क्रममा यस वर्षको दशैं, तिहार पनि भर्खरै कतै खुसी र कतै दुःखकासाथ बितेको छ । बर्षमा...
जाजरकोट । नेपालको सञ्चार जगत अहिले गम्भीर संक्रमणकालीन मोडमा उभिएको छ। सूचनाको प्रवाह र वितरण प्रणाली एकातिर झनझन डिजिटल बन्दै गएको छ भने अर्कोतिर सूचना उपभोग गर्ने आम पाठक, दर्शक र स्रोताको मानसिकता झन् जटिल र असमझदारीपूर्ण हुँदै गएको देखिन्छ। युट्युब, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको बढ्दो प्रभावले मूलधार मिडिया-जुन पत्रकारिताका स्थापित मूल्य, मान्यता...
जाजरकोट । भेरी नगरपालिका भित्र नगर प्रहरी गठन गर्ने प्रश्न अहिले स्थानीय राजनीतिक मञ्चको केन्द्रबिन्दु बनेको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रका अधिकांश जनप्रतिनिधि, उप-प्रमुख सीता जैसिसहितले “अहिलेलाई नगर प्रहरीको औचित्य छैन” भन्ने अडान लिएका छन् भने एमाले र माओवादीकै एक वडाध्यक्षसहित नगर प्रमुख चन्द्र प्रकाश घर्ती नगर प्रहरीको पक्षमा छन्। दुवै पक्षकाे...
नेपाली समाज विकासको थुप्रै सम्भावना बोकेर अघि बढ्ने बाटोमा छ। भौगोलिक विविधता, सांस्कृतिक समृद्धि र प्राकृतिक स्रोतहरू हामीसँग छन्। जनशक्ति पनि छ, नयाँ पुस्तामा ऊर्जाशीलता पनि देखिन्छ। तर यति धेरै सम्पत्तिका बाबजुद हाम्रो समाज किन यथास्थितिमा अल्झिइरहेको छ ? यसको मूल कारण मध्ये एक हो, हाम्रो सोचमा गहिरिएको नकारात्मकता । हाम्रो चिया पसलदेखि सामाजिक सञ्जालसम्म...
जाजरकोट । नयाँ वर्ष फेरि आयो। फूलहरू फक्रिए, शुभकामनाहरू आदानप्रदान भए, सामाजिक सञ्जाल रंगिन बन्यो। तर जनताको मनचाहिँ अझै पहिलेजस्तै खिन्न र निराश देखिन्छ। किनकि हामी वर्ष बदलिरहेका छौं, तर अवस्था भने उस्तै छ। हरेक नयाँ वर्ष नयाँ सरकारजस्तै लाग्छ – सुरुमा आशा हुन्छ, तर अन्त्यमा निराशा मात्र बाँकी रहन्छ। नेपालमा राजनीतिक परिवर्तन धेरै भए – राजतन्त्रको अन्त्य,...
२१ असोज काठमाडौं । गत आमनिर्वाचनपछि २०८० पुस १० गते एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा एमाले–माओवादी समीकरणको सरकार बन्ने सहमतिमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको भूमिका महत्त्वपूर्ण रह्यो । र, एमाले अध्यक्ष ओलीले साथ दिएका कारण रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बने । सरकारमा सहभागी भएपछि एमाले अध्यक्ष ओली र रास्वपाका सभापति...
२०८० कार्तिक १७ गतेको मध्यरातमा रामीडाँडालाइ केन्द्रविन्दु बनाएर विनासकारी भूकम्प गएपछि बिगतका केहि घटनाहरुले नेपाल भित्र मात्रै चिनाएको जाजरकोट देश बाहिर पनि चिनिन पुग्यो । भूकम्पले ढालेको जाजरकोट र अप्ठेरोमा परेका जाजरकोटीहरुलाइ कोहि हेर्न मात्र आए कोहि साथ दिन आए । देश भित्रका ७६ जिल्लावाट मात्र हैन विश्वका विभिन्न देशहरुबाट मानिसहरु जाजरकोटीहरुको दुख...
अहिले जाजरकोट सदरमुकाम खलंगाको वजारमा अतिक्रमित जग्गामा वनेका भौतिक संरचनाहरु हटाउन स्थानीय प्रशासनले जारी गरेको ३५ दिने सुचना पछि घरटहरा भत्काउन डोजर आउन लागेको भन्ने हल्लाको व्यापक चर्चा भइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको फैसला र गृहमन्त्रालयको परिपत्र भन्दै जिल्ला प्रशासन कार्यालयले फागुन २० गते केहि स्थानीयको नाम र केहि कित्ता...
जाजरकाेट । गत कार्तिक १७ को मध्यराति जाजरकोट को बारेकोट–१ रामिडाडालाइ केन्द्र बिन्दु बनाएर गएको ६.४ म्याग्निच्युटको भुकम्पले जाजरकोटमा मात्रै १ सय १ जनाको ज्यान लियो भने १५८ भन्दा बढी घाइते भए । उता भुकम्प बाट प्रभावित रुकुम पश्चिममा ५४ जनाको ज्यान लियो, भने १ सय ७९ भन्दा बढि घाइते भए । प्रारम्भिक तथ्यांक अनुसार भुकम्पले साढे ३४ हजार भन्दा बढि परिवार घरवार बिहिन...
नाँचगान, क्यारिकेचर, र विभिन्न सामाजिक लोक परम्परा र सँस्कृतिहरुको दुरुस्तै झल्को दिने लाखे नाँच जाजरकोटको एउटा महत्वपुर्ण लोक पर्व हो । जाजरकोटका २१ औ राजा उपेन्द्रविक्रम शाहको पालादेखि खलंगामा लाखे नाचको सुरुवात गरिएको हो । राजा उपेन्द्रविक्रमले भक्तपुरबाट जिल्लामा भित्र्याएको नेवार समुदायका गोविन्दमान भडेलले डेढ सय वर्ष अघि सुरु गरेको लाखेनाच सदरमुकाम...