४ बैशाख काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।खेलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै आर्मी च्याम्पियन बनेको हो। सूदुरपश्चिमले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४।३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।
४ बैशाख काठमान्डौं । इन्डोनेसियाको बोर्नियो टापुको घना जंगलमा एउटा निजी हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्य र ६ यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ ।म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा रहेको हेलिकोप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच मिनेटपछि हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको जनाइएको छ ।विमानमा...
४ बैशाख कन्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ पक्राउ परेकी छन् । उपाध्यक्ष नाथलाई ज्यानसम्बन्धी कसुरमा महेन्द्रनगरबाट पक्राउ गरिएको हो ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरिएको जानकारी दिए । गत ९ वैशाखमा बेलडाँडी गाउँपालिका– ३ कमरीका भैँसीपालक...
४ बैशाख काठमाडौं । आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।आज काठमाडौंको मातातीर्थमा बिहानैदेखि दर्शन गर्नेको भीड लागेको छ । आजको दिन दिवंगत आमाको सम्झनामा राजधानीको थानकोट मातातीर्थमा पुगेका छन् । दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । आजको दिन दिवंगत आमाले...
३ बैशाख बाँके । नगदे बालीको रूपमा बिक्री हुन थालेपछि बाँकेका किसान बसन्ते मकैखेतीतर्फ आकर्षित भएका छन् ।जिल्लाको राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका र नेपालगञ्जउपमहानगरपालिकाका किसानले अहिले धमाधम बसन्ते मकैखेती गर्न थालेको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी तथा वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिए । उनका अनुसार जिल्लामा अहिले...
३ बैखाख काठमान्डौं । टर्कीमा लगातार दोस्रो दिन विद्यालयमा गोली प्रहारको घटना सार्वजनिक भएको छ । बुधबार एउटा मिडल स्कुलमा १३ वर्षीय विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा एक शिक्षक र आठ विद्यार्थीसहित ९ जनाको मृत्यु भएको छ । घटनााम करिब १३ जना घाइते भएका छन् । आक्रमणकारीले पछि आफैँलाई पनि गोली हानेका थिए ।आक्रमणकारी कक्षा ८ मा अध्ययनरत विद्यार्थी थिए । उनी आफ्नो...
३ बैशाख काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजेल–मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ ।परिवर्तित मूल्यअनुसार, डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर २ सय...
१ बैशाख बाँके । बाँकेमा सृजना मृत्यु प्रकरणमा आरोपी थप २ जना पक्राउ परेका छन । बाँकेको नेपालगन्जमा गत चैत्र १४ गते सृजना बुढा मगरको जलेर भएको मृत्यु प्रकरणका थप २ जना आरोपीहरुलाई प्रहरीले पक्राउ गरेको छ । किटानी जाहेरीपछि फरार रहेका २ जना आरोपीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मृत्यु प्रकरणमा मुख्य आरोपित आरिफ ढपालीका पिता ५० वर्षीय रहमद ढपाली र...
१ बैशाख काठमान्डौं । नेपालमा झण्डै दुईतिहाइ बहुमतसहित उदय भएको नयाँ राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाभित्र नेतृत्व, नीति र शक्ति सन्तुलनलाई लिएर तनाव निम्तित सक्ने एक अमेरिकी अध्ययनले देखाएको छ । अमेरिकी कांग्रेस अनुसन्धान सेवा सीआरएसले तयार पारेको प्रतिवेदनमा रास्वपा वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह बालेन र रास्वपा सभापति रवि...
१ बैशाख काठमाडौं । नयाँ वर्ष २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमंग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै छ ।संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन छ । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो...