१९ कार्तिक २०८३, बुधबार
१९ कार्तिक २०८३, बुधबार
दक्षिण सुडानमा ड्रोन आक्रमणमा ८० जनाको मृत्यु
दक्षिण सुडानमा ड्रोन आक्रमणमा ८० जनाको मृत्यु
  • न्युज डेस्क

२ कात्तीक काठमान्डौ । दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको छ । मृतकमध्ये घर फर्कनका लागि ट्रक चढ्ने प्रतीक्षामा रहेका यात्रुहरू धेरै रहेको एक चिकित्सक स्रोत र प्रत्यक्षदर्शीले सोमबार बताएका छन् ।

प्रत्यक्षदर्शी अहमद अबाकर वादीका अनुसार, आइतबार साँझ पश्चिम कोर्डोफान राज्यको अल–दिबाब सहरमा उक्त आक्रमण भएको थियो । सञ्चार सेवा अवरुद्ध रहेकाले उनले स्याटेलाइट इन्टरनेटमार्फत एएफपीलाई घटनाबारे जानकारी दिएका हुन् ।वादीले आक्रमणपछि ५० जनाको शव गाड्न सहयोग गरेको बताए । मृतकमध्ये उनका आफ्नै भाइ मोहम्मद पनि थिए ।

  • ३ कार्तिक २०८३, सोमबार प्रकाशित
  • Nabintech