२६ पुस काठमान्डौ । रवि लामिछानेलाई धरौटिमा रिहा आदेश गर्ने न्यायाधिश विरुद्ध उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहाको आदेश दिने कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईविरुद्ध उजुरी परेको बताइएको छ । युवराज सफलले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा रास्वपा सभापति लामिछानेलाई धरौटीमा छाडेको...
२६ पुस रोल्पा । रोल्पामा सुन्तला बोकेको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।रोल्पाको माडी गाउँपालिका १ पेँदिखोलादेखि सुन्तला बोकेर दाङको तुलसीपुर जादै गरेको रा १ च ८६८७ नम्बरको पिकअप त्रिवेणी ४ मथुरापानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर चालक माडी १ भितावाङ घर भएका २० वर्षीय हुकुमबहादुर घर्तीको...
२६ पुस बर्दिया । बर्दिया र बाँकेबाट लागु औषध सहित ३ जना पक्राउ परेका छन । बर्दियाको गुलरिया नगरपालिका ११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय मिलिग्राम सहित सुर्खेत बीरेन्द्रनगर नगरपालिका ४ भैरव स्थान बस्ने ५० वर्षीय प्रेम पन्तलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।यसै गरी बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ लालपुरबाट लागूऔषधसहित...
२६ पुस काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं आई जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।विविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष...
२५ पुस काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन् । उनलाई रिहा भएलगत्तै पुनः पक्राउ गर्ने तयारीबाट प्रहरी पछि हटेको छ । जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । सो धरौटी बुझाएर रवि रिहा भएको रास्वपा प्रवक्ता मनिष झाले बताए । यस अघि प्रहरीले कास्की बाट रिहा भएलगत्तै पक्राउ गरी...
२५ पुस कास्की । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलगायतका लाई धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न भर्खरै आदेश दिएको हो । अदालतको आदेशसँगै सहकारी पीडितहरुले नाराबाजी गरेका छन् ।सोही आरोपमा प्रहरी हिरासतमा...
२५ पुस सल्यान । आफ्नै दुई छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन्।सल्यान जिल्ला बनगाड कुपिण्डे नगरपालिका–११ बस्ने २६ वर्षीया पूर्णिमा रानामगरले आफ्नै ३ वर्षीया छोरी करिष्मा रानामगर र ६ महिनाकी छोरी राघवी रानामगरको घाँटी थिचेर हत्या गरेको सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेले जानकारी दिनुभयो । श्रीमानसँग झगडा हुँदा रिसको झोंकमा बच्चाहरूलाई...
२५ पुस, दाङ । दाङ प्रहरीले चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा प्यूठान स्वर्गद्धारी नगरपालिका २ बस्ने वर्ष ३९ को निमबहादुर आले, नौबहिनी गाउँपालिका २ बस्ने वर्ष २१ की देउकली बुढामगर र रोल्पा त्रिवेणी गाउँपालिका ७ बस्ने वर्ष २९ को प्रकाश घर्ती मगर छ्न् । प्रहरीले उनीहरूको साथबाट २४ किलो ७१० ग्राम चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय...
२४ पुस, काठमाडौं । चीनको तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तको सिगात्सेमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन । मंगलबार विहान ७ म्याग्निच्युडको भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन् । भग्नावशेषमा कोही पुरिएको हुनुसक्ने अनुमानमा भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी छ । नेपाली समय अनुसार...
२३ पुस काठमाडौं । काठमाडौंमा आज भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ । भूकम्पविद् लोकविजय अधिकारीका अनुसार भूकम्पको केन्द्रविन्दु...