१३ भदौ काठमाडौं । त्रिशूली नदीमा आएको बाढीका कारण देश आहतमा छ । बाढीमा सयौँ व्यक्तिहरु परेका छन् केहीको शव फेला परे पनि सम्पर्कविहीन हुनेको संख्या ठूलो छ ।आम मानिस आफ्ना आफन्तजनको खोजी, उद्धार र राहतको काम प्रभावकारी होस् भन्ने चाहिरहेका छन् ।तर सरकार मन्त्रीहरु भने एक भारतीय लेखकसँग पाँच तारे होटलमा भोज खाइरहेको फोटो सार्वजनिक भएको छ ।भारतीय लेखक तथा राजनीतिज्ञ...
१२ भदौ काठमान्डौ । नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उनको निधनसँगै ५३ वर्षीय छोरा युवराज हाकोन स्वतः नर्वेको नयाँ राजा बनेको दरबारले जनाएको छ ।शाही दरबारका अनुसार राजा हेराल्डको शुक्रबार बिहान ओस्लो विश्वविद्यालय अस्पतालमा शान्तिपूर्वक निधन भएको हो ।उनी अगस्ट १७ देखि हेमोलिटिक एनीमियाको उपचारमा थिए । स्वास्थ्य अवस्था गम्भीर बनेपछि...
१२ भदौ काठमाडौं । ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई हराउँदै नेपालका एमएमए फाइटर रवीन्द्र ढाट फाइनलमा पुगेका छन् ।अब उनले फाइनलमा जापानका फाइटर रियो ताजिमासँग प्रतिस्पर्धा गर्ने तय भएको छ । यी दुईबीच तीन राउन्ड नै खेल भएको थियो । निर्णायकले दिएको पोइन्टका आधारमा उनी विजयी भएका हुन् ।
१२ भदौ काठमाडौं । पिकलबल विश्वकपको तेस्रो संस्करणमा सहभागिता जनाउन १८ सदस्यीय नेपाली राष्ट्रिय पिकलबल टोली बिहीबार भियतनाम प्रस्थान गरेको छ । टोलीले विश्वकपमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय पिकलबल मञ्चमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ ।नेपाली टोलीलाई पिकलबल एसोसियसन नेपालका उपाध्यक्ष टिका भण्डारी लगायत पदाधिकारी तथा शुभेच्छुकहरूले...
१२ भदौ काठमाडौं । हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको सांगीतिक पलेँटीमा यसपटक गीतकार तथा अभिनेता नीर शाह प्रस्तुत हुने भएका छन् । कार्यक्रममा शाहद्वारा रचित झण्डै डेढ दर्जन गीतहरू समावेस गरिएका छन् । यनका गीत मीना पोखरेल र रुपक चौधरीले गाउने छन् । पलेँटी कार्यक्रम यही अगष्टको अन्तिम शुक्रबार र शनिबार आयोजना हुनेछ ।उनले...
१२ भदौ काठमाडौँ । देशभर नव यज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ ।पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने...
११ भदौ काठमाडौँ । गीतकार संघ नेपालले यही भदौ २५ गते आयोजना गर्न लागेको वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । गीतकार संघ नेपालले प्रेस विज्ञप्ति जारी गर्दै भोटेकोशीको बाँध फुटी त्रिशुली नदीमा बाढी आएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनसम्म प्रभावित भएको र हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट ठुलो जनधनको क्षति भएको र देश शोक तथा पीडामा...
११ भदौ काठमाडौँ । चिनियाँ प्रधानमन्त्री ली छ्याङले चीन–नेपाल सीमा क्षेत्रमा गएको भीषण बाढी पहिरोबाट सबैभन्दा धेरै प्रभावित तिब्बतको एक क्षेत्रमा बिहीबार स्थलगत निरीक्षण गरेका छन् ।चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सी चिनफिङपछि दोस्रो वरीयतामा रहेका लीले ग्यिरोङ टाउनमा उद्धारकर्मी र विपद्का कारण विस्थापित भएका स्थानीय बासिन्दासँग...
११ भदौ चितवन । बाढीमा परी मृत्यु भएका व्यक्तिको कानबाट मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तिब्बतबाट भीषण पहिरोसहित भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको मृतकको शरीरबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि अनुसन्धान...
११ भदौ काठमाडौं । रसुवा जिल्लामा आएको बाढीका कारण ज्यान गुमाएका २७० जना शव फेला परेको छ ।प्रहरीका अनुसार रसुवाबाट १७ जना, नुवाकोटमा १२, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको हो ।यस्तै गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ ।