१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
नेपाल कम्युनिष्ट पार्टीले भेरी नगरपालिकामा ज्ञापन पत्र बुझायाे
नेपाल कम्युनिष्ट पार्टीले भेरी नगरपालिकामा ज्ञापन पत्र बुझायाे
  • paschimpatra

जाजरकाेट । नेपाल कम्युनिष्ट पार्टी  जाजरकाेटले आज (बुधवार) भेरी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

आज एक कार्यक्रमका बिच भेरी नगरपालिकाकाे कार्यालयमा पुगेर भौतिक संरचनाको निर्माणधिन कार्य नै प्रत्यक्ष प्रभावित हुनेगरी नदिजन्य पदार्थ नियन्त्रणका नाम निषेध गर्ने कार्यले गम्भीर ध्यानाकर्षण भएको र यथाशीघ्र  निर्णय सच्याउन  तथा स्वस्थ्यपुर्ण तरिका ले राष्ट्रिय गौरवका आयोजनाहरु २ दिनमै काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने माग राख्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत सुधा हमाललाई ज्ञापन पत्र बुझाएको  हो ।

पार्टिका जिल्ला सेक्रेटरी पौरख मल्लकाे हस्ताक्षरीत ज्ञापन पत्रमा लेखिएको छ । “देशको विकेन्द्रीकृत सिद्धान्तअनुसार नेपाललाई तीन सरकारमा विभाजन गरेको छ। जसअनुसार संघ, प्रदेश र स्थानीय सरकार सोही अनुरुप गत बैसाख ३० गते स्थानीय सरकारको निर्बाचन सम्पन्न भएको छ। भौतिक पुर्वाधार बिकास, जनतन्त्र जनजिबिकाका सवालमा वैज्ञानिक अध्ययन नगरी योजना तथा निर्णय गर्नुले आज जनताले दैनिक कार्यमा थुप्रै प्रकारका समस्या व्यहोर्नुपरेको छ।

तसर्थ हाम्रो जिल्लामा पनि भौतिक पुर्बाधार बिकास निर्माणका कार्यहरु निरन्तर भैरहेका छन,त्यसमा सहजीकरण गर्नु स्थानीय सरकार,जनसरोकार र हामी सबैको दायित्व र कर्तव्य हो। तर स्थानीय सरकारले ढुङ्गा,बालुवा,रोडा तथा नदिजन्य पदार्थ उत्खनन गर्ने कार्य स्थानीय सरकारको राज्वश्व संकलनका लागि टेन्डर सिस्टममा उत्खनन गर्न पाउने निर्णय गरेको छ। त्यसको बैज्ञानिक अध्ययन र अनुसन्धान गरेको छैन । कि टेन्डर कतिबेला आव्हान गर्ने,बतिबेला बन्द गर्ने र ठेक्का आव्हान समयमै गरे पनि निर्बाचित जनप्रतिनिधि नै ठेकेदार हुनुले बदनियतका साथ यसमा कसको टेन्डर हाल्ने भन्ने बार्गेनिङमै समय बितिरहेको छर समयमा नै सम्झौता नगर्नुले र स्थानीय सरकारले समयामै सूचना प्रकाशित नगर्नुले ब्यक्तिका काम र राष्ट्रिय गौरवका योजनाहरु अल्पत्र पर्ने सम्भावना प्रवल देखिन्छ र केही जनप्रतिनिधिको मिलोमतोमा नगरपालिकाको राज्वश्व संकलन प्रमाणीकरण नगरी काम सन्चालन नै भैरहेका छन त्यो हामी सबैलाइ अवगत नै छ अहिले पनि थापा कन्ड्रक्सन, ए.पि.कन्ड्रक्सन र मध्यपहाडी राजमार्गले नदिजन्य पदार्थ उत्खनन गरेर काम सन्चालन गरिरहेका छन स्थानीय सरकार त्यसमा बेखबर बनेको छ भने अर्कोतिर मानव जीवनको सबैभन्दा संबेदशिल क्षेत्र भित्र पर्ने स्वास्थ्य कार्यालयको भौतिक संरचनाका भवनहरु निर्माणधिन अवस्थामा रहेकोले त्यहाँ डाक्टरहरुले बिरामीलाई सेवा गर्न निकै जटिल भैरहेको छ ।

भौतिक संरचनाको निर्माणधिन कार्य नै प्रत्यक्ष प्रभावित हुनेगरी नदिजन्य पदार्थ नियन्त्रणका नाम निषेध गर्ने कार्यले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ तसर्थ यथाशीघ्र यस्तो निर्णय सच्याउएर स्वस्थ्यपुर्ण तरिका ले राष्ट्रिय गौरवका आयोजनाहरु २ दिनमै काम गर्ने वातावरण सिर्जना गर्न हाम्रो पार्टी जोडदार माग गर्दछौ।यसमा गम्भीर नभएको खण्डमा यसबाट निम्तिने समस्याहरु सम्बन्धित निकाय नै जिम्मेवार हुनेछ।”

ज्ञापन पत्र

  • ११ श्रावण २०७९, बुधबार प्रकाशित
  • Nabintech