दीपककुमार शर्मा
१४ साउन बर्दिया । राष्ट्रिय स्वतन्त्र पार्टि बर्दियाका सभापतिको निधन भएको छ । व्यक्तिगत भ्रमणका लागी सींगारपुरमा रहनु भएका रास्वपा बर्दियाका सभापति बिपिन पौडेलको मंगलवार निधन भएको रास्वपा बर्दियाका सचिव दीपक जिसीले जानकारी दिनु भयो ।
उहाका अनुसार करिब २ हप्ताको लागी आफनै निजी भ्रमणका लागी थाइल्याण्ड बाट सींगापुरमा रहेका बेला मंगलवार बेलुकी होटलमा मृत अवस्थामा फेला परेको बताइएको छ । पौडेललाई हृदयघात भइएको बताइएको भएपनि पोष्टमाटम रिपोर्ट आउन बाँकि रहको छ । बर्दियाको बाँसगढि नगरपालिका ५ निवासी रास्वपाका बर्दिया सभापति बिपिन पौडेलको निधनले पार्टिलाई ठुलो घाटा भएको सचिव दीपक जिसीले बताउनु भयो । उहाको शव नेपाल ल्याउने तयारी भैरहेको बताइएको छ ।