१२ श्रावण २०८२, आईतवार
१२ श्रावण २०८२, आईतवार
सुर्खेतमा आफनै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
सुर्खेतमा आफनै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
  • न्युज डेस्क

दीपककुमार शर्मा
११ साउन सुर्खेत । आइतवार विहान सुर्खेत प्रहरीलाई फोन आयो, मैले आफनै श्रीमतीको हत्या गरे मलाई पक्राउ गर्न आउनु होस ।फोन गर्ने व्यक्ति थिए वीरेन्द्रनगर नगरपालिका १३ करेखोलामा वस्दै आएका ४२ वर्षिय दानसिंह ठाडा, उनले आइतवार विहान १ वजेतिर आफनै श्रीमती ४१ वर्षिया रविना थापाको हत्या गरेको र आफुलाई पक्राउ गर्न आउनुहोस भन्दै प्रहरीलाई फोन गरेका थिए ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक मोहनजंग बुढाले   थापाले  दिएको जानकारी अनुसार चिर्पटले हानेर श्रीमतीको हत्या गरेको देखिएको छ । के कारण किन हत्या गरिएको हो भन्ने विषयमा अनुसन्धान भैरहेको बताउनु भयो । प्रहरीका अनुसार हत्या गर्ने व्यक्तिले पहिले अन्य आफन्तहरुलाई समेत फोन गरेर घटनाको विषयमा जानकारी गराएका थिए ।घर नजिकै रहेको करेखोला अस्थाई प्रहरी पोष्टको नम्वर नभएपछि उनले १०० नम्वरमा फोन गरेर हत्या गरेको जानकारी गराएका थिए । प्रहरीले समन्वय गर्दा केहि समय लागेपछि उनले वडाध्यक्ष दीपेन्द्रराज कोइरालालाई फोन गरेर हत्या गरेको जानकारी दिदै १०० मा फोन गर्दा प्रहरी अझै आइपुगेन मलाई करेखोला अस्थाई प्रहरी चौकिको नम्वर दिनुहोस भन्दै आफु संग नम्वर मागेको वडाध्यक्ष दीपेन्द्रराज कोइरालाले  बताउनु भयो । प्रहरीले विहान २ वजेतिर ठाडालाई घरबाटै नियन्त्रणमा लिएको थियो ।

वडाध्यक्ष दीपेन्द्रराज कोइरालाका अनुसार नेपाल आर्मि बाट पेन्सन खाइरहेका ठाडाले किन यस्तो गरे आफुलाई अचम्म लागेको बताउनु भयो । मदीरा सेवन गरिराख्ने त हो तर मैले थाहा पाए अनुसार गएको १ हप्ता देखि उहाले मदिरा सेवन गर्ने गरेको मैले थाहा नपाएको बताउनु भयो ।

फोटो ….पत्रकार शुसिल खडका

  • १२ श्रावण २०८२, आईतवार प्रकाशित
  • Nabintech