१२ साउन काठमान्डौं । अमेरिकामा गाडीको ठक्करबाट एक रुकुमका एक युवाको मृत्यु भएको छ ।रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ घर भई हाल अमेरिकाको टेक्ससको राजधानी अस्टिनमा रहेका ओपेन्द्र बोहराको मृत्यु भएको बताइएको छ ।अस्टिनको सेभेन इलाभेनमा कार्यरत २० वर्षिय बोहरा नाइट ड्युटी सकाएर नेपाली समय अनुसार शुक्रवार बेलुकी पैदल कोठा फर्किने क्रममा गाडीले ठक्कर दिएको थियो ।
लगत्तै उपचारका लागि प्रहरीले अस्पताल पुर्याएकामा नेपाली समय अनुसार आइतवार विहान उपचारको क्रममा मृत्यु भएको हो ।बोहरा ९ महिना अघि मात्र अमेरिका जानुभएको थियो । उहाँको एक साता अघि मात्र ग्रिन कार्ड एप्रुभ समेत भएको बताइएको छ ।