४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार
बर्तमान शिक्षा प्रणाली र क्रान्तिकारी बिधार्थीको कार्यभार
बर्तमान शिक्षा प्रणाली र क्रान्तिकारी बिधार्थीको कार्यभार
  • बिराजन शाही

नेपालको बर्तमान शिक्षा प्रणाली अर्धशामन्ती र अर्धऔपनिवेशिक हस्तक्षेप र अतिक्रमनले आक्रान्त बनिरहेको छ।देशको सम्रग अर्थतन्त्र नै दातृ मुलुक र बित्तीय सस्थाहरु (विश्व बैंक,अन्तर्राष्ट्रिय मुद्राकोष आदीको) लगानी सर्तअनुकुल चलिरहेको छ।नेपाललाई नयाँ नेपाल बनाउने जनशक्ति उत्पादन गर्ने होइन,जीवन र जगत बुझ्ने होइन र जीवन र व्यबहारसंग मेल खाने शिक्षा प्रणाली होइन बिश्वका कुन देशमा कस्तो जनशक्ति आवश्यक छ ।त्यसको पुर्ती र उत्पादन गर्ने काम बर्तमान शिक्षानितिले गरिरहेको छ।नेपालको बर्तमान शिक्षा प्रणालीमा एकातिर सामान्तवादको प्रभाव छ भने अर्कोतिर बिस्तारवादको तथा साम्राज्यवादको हालिमुहाली चलिरहेको छ।

दलाल शासकहरुको परनिर्भरता र स्पष्ट रणनीतिको अभाबमा शिक्षा क्षेत्र आज अन्धो बनिरहेको छ।संविधानमा आज मौलिक अधिकारका रुपमा उल्लेख गरिएको छ तर व्यबहारमा लागू हुननसक्नुले आज समाजमा असमनताका गहिरो खाडल खनिरहेको छ,पुजि हुने र नहुने बिचको खाडल र बिभेदले शिक्षा दिशाहिन,अस्तब्यस्त,अब्यबस्थापन र गुणस्तरहिनताले आक्रान्त बनाइरहेको छ।अभिजात एबम सम्पन्न बर्गका लागि शिक्षा प्राप्त गर्ने सुबिधा र अवसर धेरै र बिपन्न एबम गरिब बर्गलाइ न सुबिधा नत अवसर नै छ।निजि शिक्षण सस्थाहरु पाचतारे,बिशालबजार र सुपर कम्प्लेक्सजस्तै छ तर सरकारी शिक्षण सस्थाको स्तर निकै कम्जोर बनिरहेको अवस्था छ।समग्र शिक्षा क्षेत्रलाइ ब्यापार केन्द्र बनाएर कमाइखाने भाडोको रूपमा प्रयोग गरिरहेका छन।उच्च एबम मध्यमबर्गका छोराछोरीहरुलाइ जुन अवसर र सुबिधा छ उनीहरु नै डाक्टर,प्रशासक,इन्जिनियर र कुसल व्यावसायि आदि बनिरहेका छन।शिक्षा हरेक नागरिकले पाउनु नैसर्गिक अधिकारको बिषय हो तर आज हुने र नहुने बिचको बिभेदका कारण शिक्षा समाजमा बिषनता पैदा गर्ने काममा उत्तरदायी छ।शिक्षा प्रतिस्ठा एबम सामाजिक परिरिस्थितिको प्रतीक बन्न गएको छ।त्यसले आम जनताको हितको स्थानमा बिशिस्ट बर्गहितको रक्षा गरिरहेको छ।आज हाम्रो सामाजिक चेतना सामन्ती हिन्दु धर्मशास्त्र तथा पूर्वीय दर्शन र साम्राज्यवादी बिचारधाराको अनुकरण गरिरहेको छ।अझैपनी शिक्षामा सामन्तवादी चरित्र,सस्कार,सस्कृती र उद्देश्य बोकेको पाठयपुस्तक,पाठयक्रम र पद्धति कायम रहिरहेको अवस्था छ।बैज्ञानिक र औधोगिक युगमा यस्ता कुरा आवश्यकता नै छैन।

आजको शिक्षा तथ्य,तर्क र बिज्ञानमा आधारित हुन आवश्यक थियो तर बिडम्बना त्यो हुन सकिरहेको छैन।आजको युग भनेको बिज्ञान र प्रबिधिको हो।सुचना प्रबिधिको अभुतपुर्ब बिकासले बिश्व एउटा सानो गाउँमा रुपान्तरण भएको छ।त्यसकारण अहिलेको परिबेशमा हामीलाइ माओको भनाइ अनुसार आधा मुख चलाउने र आधा हात चलाउने शिक्षा आवश्यकता रहेको छ तर आज शिक्षाको सिद्धान्त एकातिर छ भने व्यबहार अर्कोतिर छ।किताबमा जे अध्ययन र अध्यापन हुन्छ त्यो जीवन र व्यबहार लागू हुनसकिरहेको छैन त्यसले आज शिक्षा प्राप्त गरेको ब्यक्तिलाई वास्तविक जीवनमा जिबिकोपार्जनका साधन जुटाउन नसक्ने बनाइ दिएको छ।त्यसले तपाईं हामी सबैलाइ निराशा बनाएर बिदेश पलाएन हुने वातावरण सिर्जना गरिरहेको छ।वास्तवमा शिक्षाको लक्ष्य ब्यक्तिको सर्बाङ्गिण बिकास गर्ने हो तर किताबी किरो मात्र बनाइरहेको छ।लेनिनको शब्दमा पुरानो शिक्षा प्रणाली लेखपढ किताबीको शिक्षा मात्र भएकाले त्यसले मानिसलाइ आवश्यक अनुपयोगी र निर्जीव ज्ञान प्राप्त गर्न बाध्य पारिएको छ।शिक्षा हासिल गरेपछी रोजगार वा ब्यबसायमा लाग्ने अवसर प्राप्त नहुनु पनि अन्धो शिक्षा नितिको बरदान हो।त्यसकारण शिक्षाप्रणाली जनआकाङ्क्षा एबम आवश्यकताबिपरित भएको छ।उद्देश्यमा यसले सामन्त र दलाल पुजिपती बर्गको हित र स्वार्थको रक्षा गर्दै आइरहेको छ हुने र नहुने बिचको खाडलले श्रमिक जनताका छोराछोरीलाई सामुदायिक बिधालयमा पढन पनि निकै गा¥हो भैरहेको छ।

सरकारी शिक्षा निति र संरचना पनि देशको प्राकृतिक स्रोतसाधनसंग र भौगोलिकतासंग सुहाउँदो छैन बिदेशबाट नै आयातित छ,नीती र संरचना पनि त्यसकै नक्कल गरिएको छ।शिक्षा नितिमा अमेरिकी,बेलायती वा भारतीय नक्कल गरिएको छ।गलत निति र संरचनाले शिक्षा आज बिकृती एबम बिसङ्गतीको चरम स्थितिमा चलिरहेको छ।देशको माटो सुहाउँदो शिक्षा नीति र मापदण्डअनुसारको भौतिक संरचनाको पनि निकै बिभेदकारी र असामता छ,देशका महत्त्वपूर्ण शहर र ग्रामीण बस्तीका विद्यार्थीको जीवन स्तर–अध्ययन स्तर–भौतिक संरचनामा आकाश र पतालको फरक छ।त्यसकारण देशको शिक्षा नीति र संरचना पनि गलत नै छ।गलत नीति भन्नले शैक्षिक निति,अधिकारको निती,ब्यबस्थापनको निति,ब्यबस्थाको निति,संरचनाको निति,परिक्षा,शिक्षक,कर्मचारीको निति,भर्नानिती आदि नितिहरुको दृस्टीले शिक्षामा गलत नितिको सिकार बनिरहेको छ।

शिक्षामा नितिगत समस्या भनेको नै एकमुलुक दुइशिक्षा निति हो।यसले गर्दा धेरै किसिमका शिक्षण सस्था स्थापना भैरहेको छ,जस्तै सामुदायिक र सस्थागत सामुदायिक पनि समुदायमा हस्तान्तरण गरिएका र नगरीएका नेपालको शिक्षा ऐन अन्तर्गत सस्थागत बिधालयहरुमा कम्पनी ऐनमा दर्ता भएका,सार्बजनिक गुठी सहकारी,धार्मिक संघ सस्थाका छन।ससर्त बिदेशी अनुदान र ऋृण मार्फत चलेका छन।नेपालमा भारतीय,बेलायती र अमेरिकी शिक्षण सस्थाहरु पनि सन्चालित छन।

नेपालको शिक्षाप्रणाली २००७ सालदेखि २०२८ सालसम्म बेलायत र भारतीय निर्देशन अनुसार चलेको थियो।२०२८ सालको कथित नयाँ शिक्षा प्रयोजन वा नयाँ शिक्षा पद्धति अमेरिकी प्रयोग थियो।अहिले नेपालीको शिक्षा २०२८ सालको त्यही शिक्षा ऐनद्वारा निर्देशित छ।जस्तै बिधालय संरचना कहिले कक्षा १–३ हुन्छ,कहिले १–५ हुन्छ त कहिले १–८ हुन्छ।२०६६–६७ मा सरकारले १–८ प्रा.बि.९–१२ लाई मा.बि.शिक्षा नामकरण गरेको छ।त्यसले क्रमशःपुर्ब प्राथामिक तहदेखी बिश्वबिधालयसम्म शिक्षामा निजीकरणको बर्चस्व रहेको छ।तसर्थ शिक्षाको सस्कार र संरचना र राजनीतिक र आर्थिक पक्ष नै गलत रहेको छ।

शिक्षा नितिमा प्रशासन र ब्यबस्थापकिय पक्ष पनि निकै कम्जोर रहेको छ, शिक्षक, कर्मचारीहरुले गुमे सरकारको गुम्छ मेरो के गुम्छ भन्ने मनस्थिति छ।मलाई अनुभुती छ जब अयखष्भम ज्ञढ ले थिलोथिलो बनाइरहेको थियो त्यतिबेला हामी औषधि बोकेर गाउँमा अयखष्भम ज्ञढ लाइ न्यूनीकरण गर्न निरन्तर रूपमा अभियानमा थियौ त्यतीबेला सबैसंग अन्तरक्रियात्मक बसाइमा उहाँहरुका अभिव्यक्ति कतै न कतैनाबाट अयखष्भम ज्ञढ अझै लामो समय भैदिएको भए हाम्रो तलब यतिकै आउथियो भन्ने प्रकारका अभिव्यक्ति आउथियो त्यसको जवाफदेहिता,उत्तरदायीत्व वा जिम्मेवारी आदि कम्जोर प्रकाशन एबम कम्जोर ब्यबस्थापनकै हो ।

बर्तमान शिक्षाले जनताको आवश्यकता र जनचाहनाबिपरित काम गरिरहेको छ सामन्त तथा दलाल पुजीवादी बर्गको स्वार्थसिद्ध गर्ने र उनिहरुको राजनीतिक पक्ष पोषण गरिरहेको छ।शिक्षाको पनि गलत उद्देश्यहरुलाइ बदलेर देशको आवश्यकता र जनताको आकाक्षा पूरा गर्ने बनाउनैपर्छ।देश र जनताको खाचो एकातिर छ,शिक्षा अर्कोतिर दौडिरहेको छ।त्यसले देशलाइ शैक्षिक बेरोजगार प्रदान गरिराखेकै छ।देशको प्राकृतिक स्रोत र साधनको स्वामित्व ग्रहण गर्न र परिचालन गर्न शिक्षाले सिकाएको छैन परनिर्भर एबम दलाल चेतना पैदा गरिराखेको छ।

सार्बजनिक शिक्षाको बिकासले देश बिकासको ढोका खुल्ने र जनता चनाखो हुन्छन,त्यसले आफ्नो लुटको स्वर्गका रूपमा रहेको सत्तामा अवसर छ राणाकालिन मानसिकताले छोडेको छैन।अरुका कुरा छोडिदेउ आफ्ना छोराछोरीलाई अङ्ग्रेजी पढाउ भन्ने जंग बहादुरको सिद्धान्तले नै नेपालको सार्बजनिक शिक्षा बिकासको बाटोमा तगारो लगाएको इतिहास सर्बबिदितै छ।

राणाकालदेखि नै शिक्षामा बर्गिय चरित्र देखापरेको थियो।बैधानिक हिसाबले २०३६ सालदेखि शिक्षामा निजीकरणको स्वीकृति प्राप्त गरेको थियो।नब्बेको दशकयता अमेरिकी साम्राज्यवादले लिएको निजीकरण र उदारीकरणको नितिको प्रभाव आज बिश्वब्यापी आर्थिक,शैक्षिक,सास्कृतीक लगाएत सबै क्षेत्रमा पारिरहेको छ।निजीकरण क्रमशः ब्यापारीकरण हुँदै माफियाकरण एबम दलालीकरणमा पतित भएर भ्रष्टीकरणको पराकाष्ठामा पुगेको छ।सामाजिक सेवाको महत्त्वपूर्ण क्षेत्र मध्ये एउटा बिशालबजार तथा अति मुनाफा आर्जन गर्ने ब्यापार केन्द्र बनिरहेको छ।यो शिक्षा क्षेत्रको मुख्य समस्या बनिरहेको छ।यो निजि तथा ब्यापारीकरणको प्रक्रियामा बेलगाम रुपले जनतालाई लुटपाट गरिरहेको छ।सरकारले त्यसलाइ निरुत्साहित होइन,प्रोत्साहन गरिरहेको छ।देशका शासकहरु मुखदर्शक बनिरहेका छन ।

शिक्षाको निति र संरचना देशको आवश्यकता र मौलिक बिशेषतामा निर्माण र लागू गरिएको नभइ विश्व बैंक अन्तर्राष्ट्रिय मुद्राकोष जस्ता बितिय सस्थाहरु र साम्राज्यवादी वैदेशिक शक्तिहरुको इसारामा बनेको छ।बिदेशमुखी एबम आयातीत रहेको छ।शिक्षाले ब्यक्ति,समाज,समुदाय र राष्ट्रको चाहनालाई प्रतिबिम्बित नगरेर बिदेशीहरुको चाहना र आवश्यकतालाई परिपुर्ति गरिरहेको छ।जनता र राष्ट्रको हितबिपरित शिक्षा भएकाले यो शिक्षा प्रणाली राष्ट्रियता बिरोधि छ ।

सारतःगलत शिक्षाप्रणाली,अबैज्ञानिक एबम अब्यबहारिक पाठयक्रम,पाठयपुस्तक,परिक्षा प्रणाली र मुल्यांकन शैक्षिक क्यालेन्डर देखाउने दात बनिरहेको छ।न समयमा पाठयक्रम सकिन्छ।न परिक्षा समयमा सन्चालन हुन्छ,न परिक्षा फल प्रकाशित हुन्छ।एक बर्षको दुई बर्ष तीन बर्षको चारबर्ष जस्तो ढिलोढाला बिशेषता बनेको छ।शिक्षाप्रणाली नै असमान र गलत भएपनी पाठयक्रम,पाठयपुस्तक,परिक्षाप्रणाली र मूल्याकंन कसरी बैज्ञानिक र समान हुन्छ।सरकारी र निजिमा फरकफरक पाठयक्रम रहेको छ।पाठयक्रममा आमूल परिवर्तन र बिज्ञान प्रबिधिसंग जोडेर बैज्ञानिकरण जरुरी र आवश्यकता रहेको छ,जसले देशको प्राकृतिक स्रोतसाधनहरुको पहिचान र परिचालन र किताब र जीवनव्यबहारसंग मेल खाने शिक्षा प्रणाली सरकारले स्थापना गर्नु अहिलेको अपरिहार्य आवश्यकता बनेको छ ।

शिक्षा मानव जातीको ऐतिहासिक प्रक्रियाबाट अध्ययन अनुसन्धान र अनुभवद्वारा प्राप्त समग्र ज्ञानको संग्रह एबम संश्लेषण हो।प्रत्येक नयाँ पिढीले पुरानो पुस्ताबाट कुनै पनि ज्ञान सामाजिक बिरासतमा र कुनै उ स्वयंमले हासिल गरेको हुन्छ त्यसले नयाँ कुरा सिक्न चाहिरहेको हुन्छ।त्यसका लागि नया सत्ता तथा नयाँ शिक्षानीति र संरचना आवश्यक छ।आजको शिक्षामा ब्यवस्था,संरचना,पद्धति,निति,अध्ययन र पाठयपुस्तकको समय सापेक्षित परिवर्तनको खाचो छ।शिक्षामा रहेको बर्गिय चरित्रको अन्त्य र मौलिक अधिकारका रूपमा समान अधिकार कायम गरिनुपर्छ,जसले आधारभुत मात्र होइन,उच्च शिक्षामा पनि जनतका छोराछोरीको समान पहुच कायम हुन्छ।बर्गिय,जातीय,क्षेत्रीय र लैङ्गिक भेदभावहरुको अन्त्य गरि सबैका लागि समान शिक्षा ब्यबस्था स्थापना गर्नुपर्छ।शिक्षा सार्बजनिक बिषय हो हरेक नागरिकले शिक्षा प्राप्त गर्नु नैसर्गिक अधिकार हो।त्यसैले एक विशिष्ट एबम अभिजात बर्गको हितलाइ सिमित नगरेर आम जनताले शिक्षा प्राप्त गर्ने राज्यले प्रदान गर्नुपर्छ तसर्थ शिक्षाले देश बिकासका लागि दक्ष एबम गुणस्तरीय जनशक्ति उत्पादन,बिज्ञान प्रबिधीमुलक शिक्षा,प्राकृतिक स्रोत र साधनहरुको पहिचान र परिचालन गर्ने राष्ट्रिय शिक्षा र समान अधिकार समान शिक्षाको मान्यतामा आधारित र शिक्षामा आम जनताको सहज पहुच बनाउन सकिन्छ ।राज्यसत्ता र शिक्षाप्रणाली अबिभाज्य बिषय हुन।शिक्षालाई राज्यसत्ताबाट पृथक गरेर बुझ्नै सकिँदैन।राज्य निर्माणको ऐतिहासिक प्रक्रियामा शिक्षा नीति पनि क्रमशः अनौपचारिकबाट औपचारिक बनेको थियो।मानवसमाज,शिक्षा र राज्यसत्ता अन्तरसम्बन्धित बिषय हुन।कुन अकाट्य छ भने कुनै पनि मुलुकको शिक्षाप्रणाली त्यहाँको राजनीतिक सत्ताले निर्धारण गरेको हुन्छ।त्यसकारण समग्र नेपाललाई अस्तब्यस्तता,अक्रमणयता र दिशाहिन बनाइरहेको दलाल पुजीवाद मिल्काएर मात्र श्रमजीवी जनताको ब्यबस्था स्थापना गरे पश्चात शिक्षा माथीको बर्गियता अन्त्य हुन्छ ।

क्रान्तिकारी विद्यार्थीको कार्यभार

हरेक पार्टीको निति र विधि अनुरुप नै त्यसका जनबर्गिय संगठनहरुको त्यही अनुरुपको निति तथा कार्यक्रम निर्माण हुने गर्दछ।त्यसै सन्दर्भमा हाम्रो पार्टीले करीब ७ दशक लामो क्रान्तिकारी आन्दोलनको नेतृत्व गरेको इतिहास हामी कहाँ साची छ।त्यही अनुरुपमा हाम्रो संगठनको करिब छ दशक लामो क्रान्तिकारी आन्दोलनको इतिहासदेखि नै समाजवादी शिक्षाप्रणालीका लागि जीवनमरणको संघर्ष गरिरहेका छ।जबसम्म समाजवादी राज्यसत्ता स्थापना हुँदैन,तबसम्म नया समाजवादी शिक्षाप्रणाली पनि सम्भब छैन भन्ने प्रस्ट छ किनभने शिक्षाप्रणाली राज्यप्रणालीद्वारा निर्देशित,नियन्त्रीत र संचालित हुने कुरा सार्बभौम सत्य नै हो।नयाँ बैज्ञानिक समाजवादी क्रान्ति अपुरो हुनुका कारणले नै शिक्षामा हुने समाजवादी शिक्षा लक्ष्य र उद्देश्य अपुरो नै छ।सबैका लागि समान शिक्षा भएको छैन।समाजवादी शिक्षा प्राप्त गर्न अखिल (क्रान्तिकारी) को मुख्य अभिष्ट हो किन भन्दा हाम्रो दर्शन सिद्धान्त नै मालेमावाद हो।साहस,वीरता र बलिदानको दृस्टीले हाम्रो गौरबपुर्ण इतिहास छ।

क्रान्तिकारी विद्यार्थीको महान जनयुद्धको थालनीपुर्ब यसको पृष्ठभुमि तयार पार्ने,जनताको युद्व थालनीपछी स्वागत,समर्थन,सहयोग र सहभागीताले यसको पृष्टी गरेको छ।खासगरी भीषण युद्वकालमा क्रान्तिकारी विद्यार्थी आन्दोलन लालरक्षक एबम सन्चित शक्तिको स्रोत बनेको थियो।अहिले प्रतिक्रान्तिका विरुद्ध जेहाद छेडनु र अपुरो क्रान्तिलाई सम्पन्न गर्न निरन्तर क्रान्तिको मार्गमा अघि बढनु क्रान्तिकारी युवा विद्यार्थीको प्रमुख कार्यभार हो।देशको जल्दोबल्दो शैक्षिक समस्याको पहिचान गरि ठोस मागहरुका आधारमा आम विद्यार्थीलाई आन्दोलित गर्नुको राजनीतिक महत्त्व नदेख्ने सङ्कीर्णतावाद,आमशिक सुधारको वरिपरि घुम्ने र राजनीतिक आन्दोलनबाट पृथक राख्न खोज्ने अर्थवाद र सुधारवादबिरुद्व सम्झौताहिन संघर्ष गर्नु महत्त्वपूर्ण कार्यभार हो।आम सुधारलाइ आमूल परिवर्तनको कडीसंग जोडनुपर्छ।क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई सत्तापक्षिय राजनीतिबाट बचाउनैपर्छ।संगठनलाइ कमिसन खाने भाडो होइन,संघर्षको मुख्य साधन,आम विद्यार्थीको आस्थाको केन्द्र र क्रान्तिकारी धाराको मुल प्रबाह बनाइरनुपर्छ।अन्त्यमा नेपाली विद्यार्थी आन्दोलन क्रान्तिका बाधक शक्ति दक्षिणपन्थी,संसोधनवाद,संसदवाद,सुधारवाद,अवसरवाद,प्रतिकृयावादी शक्ति र प्रवृत्तिका विरुद्ध संघर्ष गर्दै आन्दोलनको आधिबेहरी सिर्जना गर्नु क्रान्तिकारी बिद्यार्थी आन्दोलनको प्रमुख कार्यभार हो
क्रान्तिकारी अभिवादन सहित धन्यवाद
(लेखकः विराजन शाही अखिल (क्रान्तिकारी) सचिवालय सदस्य तथा प्रदेश न,२ इन्चार्ज हुन् )

  • २९ असार २०७९, बुधबार प्रकाशित
  • Nabintech