१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
विपन्न विद्यार्थिको सहारा बन्दै नवज्याेती
विपन्न विद्यार्थिको सहारा बन्दै नवज्याेती
  • पदम के सी

जाजरकोट । जाजरकोट जिल्लाका कयौँ मानिसहरुको आर्थिक अवस्था कमजाेर छ । उनीहरु मजदुरी नगरेसम्म घरको गर्जो कसरी टार्ने भन्ने चिन्तामा हुन्छन यहाँका कयौँ बालबालिकाको जिवन झनै कष्टकर छ । उनीहरुको अध्ययनको अवस्था त टिठलाग्दो देखिन्छ ।

यस्तै समस्याबाट गुर्जिरहेका बालबालिकालाई भने भेरी नगरपालिका ३ को थाप्लेमा रहेको नवज्याेती इङलिस बोडिङ स्कुलले निशुल्क अध्ययन गराईरहेको छ । आर्थिक अभावले पढन नपाएका, गरीव, जेहेन्दार, आमा बुवा गुमाएका बालबालिकालाई अध्यापन गराईरहेको स्कुलका फाउडर लाल बहादुर नेपालीले बताए ।

उनले भने, म आफु पनि आमा बुबाको साहारमा हुर्किन सकिन, उनीहरुले आमाबुवाको कमि महसुुस नगरुन भन्ने हेतुले निशुल्क पढाएको हुँ । उनी आमा बुवाको सम्पर्क बाहिर रहेका बालवालिकालाई अध्ययन गराउन पाउदा खुसी देखिन्छन । अहिले स्कुलमा जम्मा एक सय १४ जना विद्यार्थि अध्ययनरत छन ति मध्य २२ जना विद्यार्थि आमा बुवाको सम्पर्क भन्दा बाहिर छन ।

नेपाली आमा बुवाको सम्पर्क बाहिर मामा घरको साहारामा जिवनयापन गर्दै आएका बालबालिकाको भाग्य विधाता बनेका छन । बच्चा जन्मिएपछि बाबुले वास्ता नगर्ने र आमाले अर्को विवाह गरेर गएका, आमा वा बुवा गुमाएका, सानै उमेरमा विवाह गरेर मामा घर छोडेर अर्को विवाह गरेर मामा घरमा हुर्किएका बालबालिकालाई बोडिङले निशुल्क अध्ययन गराईरहेको विद्यालयकी शिक्षिका गंगा नेपालि बताउछिन ।

उनी भन्छिन, अहिले २२ जना आवासिय विद्यार्थि अध्यपन गराईरहेका छौ, उनीहरुको व्यवस्थापनमा भने निकै चुनौति थपिदै गएको छ । विद्यालयले आमा बुवाको सम्पर्क बाहिरका बालबालिकालाई बोडिङ अवकास पछि प्लस टु सम्म निशुल्क अध्यापन गराउने निर्णय गरेको छ । बेसाहारा बनेका उनीहरुको कोहि नभएपछि नवज्वाति बोडिङले उनीहरुको हेरचाहामा ठुलो सहयोग गरेको छ । तर उनीहरुको व्यवस्थापनमा भने समस्या आएको विद्यालयको भनाई छ ।

जिल्लामा यस्ता धेरै बालबालिकाहरु छन । कतिले पढन पाएका छन, भने कति त बेवारीसे भएर भौतारीरहेका छन । यस्ता बालवालिकालाई सरकारले समयमै उदार गरी उनीहरुको पठपाठनमा सहजिकरण गरे भविष्यामा उनीहरु पछुताउनु पर्ने थिएन ।

  • २७ असार २०७९, सोमबार प्रकाशित
  • Nabintech