
२२ कात्तिक रुकुम पश्चिम । रूकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।आठबिसकोट नगरपालिका–२ का २२ वर्षीय प्रकाश थापाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि पुनले जानकारी दिनु भयो ।
आठबिसकोट–३ मा शुक्रबार दिउँसो इन्टरनेटको तार जोड्ने क्रममा विद्युत तार छुन पुग्दा थापालाई करेन्ट लागेको थियो ।अचेत अवस्था थापालाई जिल्ला अस्पताल सल्ले पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।