२१ कार्तिक २०८२, बिहीबार
२१ कार्तिक २०८२, बिहीबार
जाजरकोटमा एनआरएनए बेल्जियमको सहयोगमा विद्यालय भवन उद्घाटन
जाजरकोटमा एनआरएनए बेल्जियमको सहयोगमा विद्यालय भवन उद्घाटन
  • paschimpatra

जाजरकोट । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको निबर्तमान समितीको सहयोगमा नलगाड नगरपालिका–४ बाउसेखोलास्थित श्री ज्ञानोदय प्राथमिक विद्यालयको नयाँ भवन उद्घाटन गरिएको छ।

दुई वर्षअघि गएको विनाशकारी महाभूकम्पबाट क्षतिग्रस्त बनेको विद्यालयको स्थानमा करिब ३० लाख रुपैयाँ लागतमा तीन कोठे पक्की भवन र विद्यार्थी तथा अभिभावकका लागि छुट्टाछुट्टै दुईवटा पक्की शौचालय निर्माण गरिएको हो।

भवन उद्घाटन समारोह जाजरकोट जिल्ला समन्वय समितिका अध्यक्ष कालीप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा नलगाड नगरपालिकाका नगरप्रमुख डम्बरबहादुर रावत, उपप्रमुख देवका लामिछाने , प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल, सुरक्षा निकायका प्रमुखहरू, वडा अध्यक्ष बद्री पन्त, पाँचतारा युवा संरक्षक जाजरकोटका अध्यक्ष छवि पन्त लगायत पत्रकारहरूकाे उपस्थिती रहेको थियो।

सो अवसरमा एनआरएनए बेल्जियमको वर्तमान समितीले विद्यालयका ७७ जना विद्यार्थीका लागि न्यानो कपडा र विद्यालयका लागि एउटा ल्यापटप प्रदान गरेको थियो। उक्त सामग्री एनआरएनए बेल्जियमका अध्यक्ष कमल पन्थीको उपस्थितिमा वितरण गरिएको हो।

सहयोगमा बेल्जियम बाहिरका नेपाली पनि सहभागी रहेका छन्। विद्यालय निर्माणका लागि निडरल्यान्डका निबर्तमान अध्यक्ष थानेश्वर कंडेलले ५०० युरो सहयोग गरेको एनआरएनए बेल्जियमकी निबर्तमान अध्यक्ष सीता सापकोटाले जानकारी दिनुभयो।

  • २१ कार्तिक २०८२, बिहीबार प्रकाशित
  • Nabintech