२१ कार्तिक २०८२, बिहीबार
२१ कार्तिक २०८२, बिहीबार
राष्ट्रिय खेलाडीले भने यो मेडल एन्फा आफैँले लाओस्
राष्ट्रिय खेलाडीले भने यो मेडल एन्फा आफैँले लाओस्
  • न्युज डेस्क

२० कात्तिक काठमान्डौं । नेपाली राष्ट्रिय फुटबल खेलाडीले अखिले नेपाल फुटबल संघ एन्फाको सातदोबाटोस्थित मुख्यालयको गेटमा बिहीबार धर्ना दिएका छन्।करिब डेढ घन्टा धर्ना दिएका खेलाडीहरूले मुख्यत ए डिभिजन लिग नगर्ने एन्फाको निर्णयप्रति असन्तुष्ट जनाएका थिए। नेपाल फुटबल खेलाडी संघको आह्वान भएको धर्ना कार्यक्रमको अन्त्यमा कतिपय खेलाडीले आफूले जितेका मेडल एन्फाको गेटमा झुन्ड्याएका थिए।

मेडल झुन्ड्याएपछि खेलाडी संघका अध्यक्ष विक्रम लामाले भने, मेडल जित्नका लागि कतिधेरै संघर्ष गर्नु पर्छ। कति तपस्या गर्नु पर्छ, कति हाड खियाउनु पर्छ, कति घाइते भएर आफ्नो रगत पसिना बगाउनु पर्छ भनेर भान पक्कै पनि उहाँहरुलाई हुन्छ होला।

  • २१ कार्तिक २०८२, बिहीबार प्रकाशित
  • Nabintech