८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
अल्लो धागोको कपडा बुनाई तथा सिलाई तालिम सम्पन्न
अल्लो धागोको कपडा बुनाई तथा सिलाई तालिम सम्पन्न
  • paschimpatra

जाजरकोट । अल्लो धागोको १ महिने कपडा बुनाई तथा सिलाई लालिम बिहिबार समापन भएको छ । सामाजिक विकास कार्यालय, जाजरकोटको आर्थिक सहयोमा संचालन भएको एक महिने उक्त तालिम भेरी नगरपालिका–४ शान्तिचौतारामा समापन भएको हो ।

कुशे गलैंचा अल्लो उद्योगको आयोजनामा संचालित एक महिने अल्लो धागोको १ महिने कपडा बुनाई तथा सिलाई लालिम विहिबार समापन गरिएको थियो । १० जना सहभागी रहेको एक महिने तालिमबाट आफुहरुले कपडा बुनाई तर्फको चर्खा घुमाउन, टुक्कीमा धागो भर्न, तान लगाउने, कोका–काँगी भर्ने, पाउदानी चलाउने, सटर चलाउन सिक्नुको साथै टोपी र स्टाकोटको कपडा काट्ने देखि लिएर सिलाउने सम्मको सीप सिक्न पाएको सहभागी हिमानी थापाले भनाई राखेकी थिईन । कपडा बुनाई तथा कपडा सिलाई सम्बन्धिको पूर्ण सीप सिकेर व्यवसाय संचालन गर्नका लागि क्षमता विकास तालिमको आबश्यक पर्ने थापाले भनाई राखेकी थिईन ।

तालिम समापन कार्यक्रममा आफ्नो भनाई राख्दै प्रशिक्षक कमला घर्ती (रेग्मी) ले गत जेठ १५ गतेदेखि असार १६ गतेसम्म संचालन गरिएको तालिममा कुशे, बारेकोट गाउँपालिका, छेडागाड र भेरी नगरपालिकाका १० जना महिला सहभागी रहेको जानकारी दिईन् । एउटै तानमा १० जना सहभागीलाई एक महिनामै कपडा बुनाई सम्बन्धिको सीप सिकाउन जटिल भएको प्रशिक्षक घर्तीको भनाई राखेकी थिईन ।

भौतिक पूर्वाधार तर्फ विद्यालय भवनहरु निर्माण गर्दै आएको सामाजिक विकास कार्यालयको सानो बजेटको सहयोगमा कुशे गलैंचा अल्लो उद्योगले एक महिनाको छोटो समयमा थोरै महिला दिदीबैनीहरुलाई महत्वपूर्ण सीप सिकाउन सफल भएकोमा सामाजिक विकास कार्यालय, जाजरकोटका प्रमुख खिम प्रसाद ढकालले खुशी व्यक्त गरेका थिए । महिला हस्तकला उद्योगहरु प्रवद्र्धन गर्न सामाजिक विकास कार्यालयले थोरै रकममा उक्त तालिम संचालन सम्बन्धिको योजना तर्जुमा गरेको कार्यालय प्रमुख ढकालले जानकारी दिएका थिए ।

तालिममा समापन कार्यक्रममा आ–आफ्नो महत्वपूर्ण भनाई राख्दै भेरी नगरपालिका–४ का कावा वडा अध्यक्ष लक्ष्मी वर, वडा सदस्य बसन्धरा नेपाली, भेरी नगरपालिकाकी पूर्व कार्यपालिका सदस्य मैनकला नेपाली र महिला प्रतिनीधि सिता दवाडीले छोटो समयमा महत्वपूर्ण सीप सिकेका तालिमका सहभागी, सीप सिकाउन सफल प्रशिक्षक, तालिमको आयोजना गर्ने कुशे गलैंचा अल्लो उद्योग र आर्थिक सहयोग गर्ने सामाजिक विकास कार्याल प्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएका थिए ।

तालिम समापन कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाण–पत्र र प्रशिक्षकलाई प्रशंसा–पत्र हस्तान्तरण गरिएको थियो । घरेलु कपडा बुनाई सम्बन्धि दुई र चार पाउदानीबाट घर्बुना, ढाँका, कोरा लगाएतका कपडा बुनाई सम्बन्धिको तालिम दिदै आएकी प्रशिक्षक घर्ती हाते गलैंचा बुनाईकी प्रशिक्षक पनि हुन् । तानमा घर्बुना, ढाँका र कोरा लगाएतका कपडा र चौकोषमा गलैचा बुन्दै आएकी प्रशिक्षक घर्ती २०४८/०४९ सालदेखिकै प्रशिक्षक हुन् । उनको घर कुशे गाउँपालिका–७ समाईलामा पर्दछ । हालसम्म उनले सुर्खेत, जुम्ला, कालिकोट र जाजरकोटमा झण्डै ५० भन्दा बढिलाई कपडा बुनाई सम्बन्धिको तालिम दिई सकेकी छन् ।

एक महिने अल्लो धागोको कपडा बुनाई तथा सिलाई तालिममा बारेकोट गाउँपालिका–२ बाट भुमिका घर्ती, बसन्ता घर्ती, हिमानी थापा, कुशे गाउँपालिका–७ बाट सपना घर्ती, धनसरा नेपाली, छेडागाड नगरपालिका–१० बाट पवित्रा पुन, भेरी नगरपालिका–४ बाट कमला पुन, सुष्मा शाह र २ वाट विमला थापा सहभागी रहेका थिए । उद्म विकास वीना आर्थिक समृद्धि हुन नसक्ने बताउदै कुशे गलैंचा अल्लो उद्योगको अध्यक्ष कमला पुन ९शाह० ले देश र जनताको जीवनमा आर्थिक समृद्धि तथा विकास गर्न संघ, प्रदेश र स्थानीय तहहरुले औद्योगिक विकासमा जोड दिनुपर्ने भनाई राखेकी थिईन ।

  • १७ असार २०७९, शुक्रबार प्रकाशित
  • Nabintech